
Anm
Sds
Gisld
mbd
Mbdvs
Ksm
Pbu
Gmk
Rbs

Rgs
Ssm
Asm
Vor
Bbbpu
Wsp
Hal
Bbu
Sls
Gst
Rgu
Rgu
Rsb
nsb
Pvg
Sbs
Tsm
Ksm
Ggd

Rmb
Bml
Mks
Abd
Pls
Ptm
Jmb
sab
Jmb
Gsb
Syp
Rpp
bbt
काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी हिमाली,पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
त्यस्तै,कोशी र मधेस प्रदेशका केही स्थानहरु लमा, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको हिमाली,पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
यसैगरी,आज राति कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ।
कोशी प्रदेशको थोरै स्थानहरु,बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
