बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङका संयोजकले पत्रकारलाई कुटपिट गरेका छन् । जिल्ला संयोजक नगेन्द्र खड्काले पत्रकार सुनिल मण्डललाई अपहरण गरी बन्दी बनाइ कुटपिट गरेका हुन्।
बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार मण्डेललाई घरबाटै सोमवार खड्काले अपहरण गरेका र होटल होलि डे इनमा लगेर कुटपिट गरेको पत्रकार मण्डेलको दाबी छ । खड्का स्वयं उक्त होटलका सञ्चालक समेत हुन्।
त्यस्तै खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेका छन्।