
Gfs
Pes
Djs
Rgp1
Ses
Pbu
Rgp
Sgr
Unsku
Lnp
Srbpu
cjs
pku
Ggp

Hal
Tsm
Rgu
Gst
Bbbpu
Ksm
Sls
Sbs
Vor
Asm
nsb
Wsp
Pvg
Rsb
Ggd
Rgs
Ssm
Bbu
Rgu

Bml
Rpp
sab
Jmb
Syp
Abd
Pls
Jmb
Rmb
bbt
Ptm
Mks
Gsb
दाङ। आज बिहानदेखि लगातार परेको अविरल वर्षातका कारण देउखुरी क्षेत्रमा एक दर्जन बढी सर्वसाधारणका घर-गोठहरु डुबानमा परेका छन्।
राजपुर गाउँपालिका र गढवा गाउँपालिकाका साथै लमही नगरपालिकामा केही घर डुबानमा परेका छन् । राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका – ५ भुर्कीहवाका स्थानीयको १२ वटा घर जति डुबानमा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिनु भयो ।
त्यस्तै राजपुर गाउँपालिका वडा नम्बर २ की ३२ वर्षीया पुष्पा नेपालीको एक तले फुसले छाएको कच्ची घर अविरल वर्षाका कारण भत्किएको छ । तर कुनै मानवीय क्षति नभएको र नेपाली छिमेकीको घरमा आश्रय लिइरहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिनु भयो ।
यस्तै अविरल वर्षापछि ठाउँ-ठाउँमा पहिरो जाँदा कालाकाँटेदेखि गोबडिया हुँदै गढवा जोड्ने हुलाकी सडक खण्ड अवरुद्ध भएको छ । बाढी आई ठाउँ-ठाउँमा हिलो माटो खसेको हुँदा सडकखण्डहरु अवरुद्ध भएको प्रहरी निरीक्षक वलीले जानकारी दिनु भयो । त्यस्तै ईलाका प्रहरी कार्यालय गढवा अन्तरगत पर्ने दुई गाउँपालिकामा अहिले नेपाल प्रहरी स्थलगत उद्धार कार्यमा खटिएको निरीक्षक वलीले जानकारी दिनु भयो ।
त्यस्तै यता लमही नगरपालिका वडा नम्बर १ सुनडबरी र वडा नम्बर ३ को कान्तिपुरमा चार जना स्थानीयको घर डुबानमा परेको छ। सुनडबरीका ७० वर्षीय निमबहादुर सार्कीको घरमा पानी पसेपछि उनको दुई जनाको परिवारलाई छोरा छबे सार्कीको घरमा स्थानन्तरण गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो । यस्तै कान्तिपुरका ३६ वर्षीय रामबहादुर कुमालको घरमा पानी पसेपछि उनीहरु छतमा बसेको र उनीहरुको उद्धार कार्य जारी रहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनु भयो ।
त्यस्तै स्थानीय ४० वर्षीय सुशिल कुमाल र ६० वर्षीय दयाराम चौधरीको दुई तले कच्ची घरमा पानी पसे पनि उनीहरुको परिवार डुबान हुन थालेपछि निस्किएर सुरक्षित ठाउँमा पुगेको प्रहरी प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनु भयो । डुबानमा परेका व्यक्तिहरुको उद्धारको लागि त्यहाँ दश जनाको प्रहरी टोली खटिएका छन् ।

