
Lnp
cjs
Djs
Ggp
Rgp1
pku
Sgr
Unsku
Rgp
Pbu
Pes
Gfs
Ses
Srbpu

Gst
Hal
Sbs
Rgu
Ssm
nsb
Asm
Tsm
Sls
Wsp
Ggd
Rgu
Vor
Bbu
Bbbpu
Rgs
Rsb
Pvg
Ksm

bbt
Rpp
Pls
Gsb
Abd
Bml
Jmb
sab
Jmb
Mks
Rmb
Ptm
Syp
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी मन्टु प्रसाद चाैधरी ४१ बर्षको लाउलाउ खाउ खाउकै उमेरमा आफ्नो दुबै मिगौला बिग्रिएपछि आफ्नो जीवन बचाईदिन सबैसँग अनुरोध गरेका छन् ।
आर्थिक अवस्था निकै कमजोर भएका चाैधरीको २ वर्ष पहिले मात्रै शिव मेडिकल घोराहीमा दुबै मृगौला बिग्रिएको पत्ता लागेको थियो । त्यस पछि उनलाई थप उपचारका लागि गाैतम बुद्व सामुदायिक अस्पताल बुटवल हुँदै काठमाडौं स्थित मनमोहन मेमोरियल हस्पिटलमा लगिएको र त्यहाँ डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने र त्यसका लागि १४ लाख रूपैयाँ खर्च लाग्ने बताएपछि श्रीमानको उपचारमा समस्यामा परेको श्रीमती संगिता चाैधरीले बताइन् ।
श्रीमानको उपचार गर्दा गर्दै भएको श्री सम्पत्ति समेत सकिसकेको र हाल सम्म १४ लाख रूपैयाँ खर्च भइसकेको पिडितकी श्रीमती संगिताले बताइन् । हाल मन्टुको लमहीमा डाइलेसिस भइरहेको छ । एक पटक डाइलेसिस गर्दा १५ सय देखि २५ सय रूपैयाँ सम्म खर्च हुने गरेको संगिताले बताइन् ।
लामो समय देखि श्रीमानले अटो चलाउदै र श्रीमतीले तरकारी पसल गरेर आफ्नो गुजारा चलाउँदै आएको परिवारमा श्रीमान मृगौला रोगी भएपछि परिवार बिचल्लीमा परेको छ । मृगौला रोगले थला परेका मन्टुलाई पछिल्लो १ वर्ष देखि मुटुमा समेत समस्या देखिएको छ । भने अहिले उनलाई जन्डिस समेत देखिए पछि परिवारमा झन समस्या उत्पन्न भएको छ । घरमा कमाउने मान्छे कोही नभएपछि केटाकेटीलाई समेत पढाउन गाह्रो भएको संगिताले बताइन् । १०, १३ र १५ वर्षका केटाकेटीलाई पढाउन समेत नसक्ने अवस्था आएको र कमाउने मान्छे नै थला परेपछि आफुले केही सोच्न समेत नसकिरहेको पिढा पोखिन् ।
पिडित परिवारले आफुहरुलाई सरकारले दिएको निःशुल्क डाइलेसिसको सुविधा दिलाउन र जीवन बचाउनका लागि आर्थिक सहयोग गर्न सबैसँग अनुरोध गरेको छ । सहयोग गर्न चाहनेहरुले मृगौला पिडित मन्टु प्रसाद चाैधरीको एन. आइसी. एसिया बैंकमा रहेको खाता नम्बर २१२५७५१५९११३९९००१ मा रकम जम्मा गरेर वा श्रीमतीको मोबाइल नम्बर ९८२९ ५०३८२२ मा सम्पर्क राखेर पनि सहयोग गर्न सक्नु हुनेछ ।
