राेटर्‍याक क्लव अफ लमहीद्वारा ग्रिनपार्कलाई डस्टविन हस्तान्तरण

दाङ । राेटर्‍याक क्लव अफ लमहीले लमही स्थित जैविक विविधता ग्रीनपार्कलाई डस्टबिन हस्तान्तरण गरेको छ । शनिबार लमहीमा सौजन्यस्वरुप उपलब्ध गराइएको ५ थान डस्टबिन राेटर्‍याक क्लव अफ लमहीका अध्यक्ष रुपक खनालले नेपाल उद्यान (पार्क) महासंघका केन्द्रीय सदस्यय एवम् अजम्मरी सामुदायिक वन उपभोक्ता समुह लमहीका अध्यक्ष पवन शर्मा रिजाललाई इम्प्याक्ट जेनरल कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् […]

एमाले अध्यक्ष ओली झापा–५,बाट प्रतिनिधिसभा उम्मेदवार बने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५,बाट उम्मेदवार बनेका छन् । शनिबार आज बसेको सचिवालय बैठकले उम्मेदवारहरुको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । सो क्रममा ओलीलाई झापा–५,बाट उम्मेदवार बनाइएको उनले बताए । झापा क्षेत्र नम्बर ५ यसपटक चर्चाको केन्द्रमा छ । रास्वपा प्रवेश गरेका काठमाडौंका मेयर बालेन शाहले पनि सोही क्षेत्रबाट […]

रोजी स्कुल लमहीको आयोजनामा दुई दिने देउखुरी व्यापी भलिबल प्रतियोगिता सुरु

दाङ । रोजी बड्स बालबाटिका माध्यमिक विद्यालय लमहीको २५ औँ वार्षिकोत्सवको अवसरमा देउखुरी व्यापी भलिबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन लमही नगरपालिका–५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदीले गरेका हुन् । प्रतियोगितामा जम्मा ८ वटा टिमको सहभागिता रहेको छ । यस्तै उक्त खेलको रेफ्री प्रमुखमा भलिबल प्रशिक्षक भरत कुवँरको टिम रहेको विद्यालयका प्रिन्सिपल […]

गगन नेतृत्व काङ्ग्रेसको पहिलो बैठक देउवालाई आभारप्रकट गर्ने निर्णय

काठमाडौं । नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको पदाधिकारी बैठकले एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुराउन देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले मान्यता दिएपछि आज (शनिवार) काठमाडौंमा पहिलो पटक बसेको केन्द्रिय कार्यसमितिको बैठकले पार्टीभित्रको एकता,आपसी सद्भाव र सहकार्यबाटै निर्वाचन लगायतका चुनौतीहरु सामना गर्न सकिने […]

रुकुम पश्चिममा श्रीमानद्वारा श्रीमतीको हत्या,हत्या गर्ने श्रीमान पक्राउ

रुकुमपश्चिम । रुकुम पश्चिममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाँउपालिका वडा नम्बर –१,का ७४ वर्षका गणेशबहादुर कामिले ६५ वर्षका श्रीमती पम्फा कामीको हत्या गरेको प्रहरीले जनाएको छ । त्यस्तै गणेशले श्रीमती पम्फाको टाउको र हातमा सनासोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको हो । कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक हरिप्रसाद […]

एमालेका केन्द्रीय निर्वाचन कमिटी सदस्य पौडेलले गरे पार्टी परित्याग

रुपन्देही । नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले पार्टी परित्याग गरेका छन् । पौडेल रुपन्देही क्षेत्र नम्बर २ अन्तर्गत तिलोत्तमा नगरपालिका ३ का बासिन्दा हुन् । पार्टी जिल्ला अध्यक्ष यज्ञ गैरेलाई सम्बोधन गरी लेखेको राजीनामा पत्रमा पौडेलले पछिल्लो समय पार्टीमा मौलाएको अधिनायकवाद,नातावाद,खोक्रो राष्ट्रवाद,भ्रष्टाचार,गाली बेइज्जती संस्कृति, मोलाहिजा र गुटगत मोविज्ञानसँग सहमत हुन नसकेर पार्टी […]

मगर कला संस्कृतिलाई पर्यटनसँग जोडेर अघि बढाउनुपर्छ:अध्यक्ष विष्ट

दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मगर समुदायको परम्परागत कला, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धन गर्दै त्यसलाई पर्यटनसँग जोडेर व्यवसायीक रुपमा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।नेपाल मगर संघ राप्ती गाउँपालिका समितिको आयोजनामा मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक पर्व माघे संक्रान्ति २०८२ को अवसरमा शनिबार राप्ती गाउँपालिका–३ मसुरियास्थित सिरिचौरमा आयोजित शुभकामना […]

लमहीमा प्रहरीद्वारा चर्को आवाज निकाल्दै चलाइएका ४ मोटरसाइकलहरु नियन्त्रण

दाङ । देउखुरीको लमहीमा चर्को आवाज निकाल्दै चलाइएका (ध्वनि प्रदूषण गर्ने) ४ वटा मोटरसाइकलहरु शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ । अझै पनि त्यस्ता खालका केही मोटरसाइकलहरु लमही क्षेत्रमा सञ्चालनमा रहेकोले ती मोटरसाइकलको खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेले जानकारी दिए ।त्यस्तै चर्को आवाज निकाल्ने मोटरसाइकलका कारण लमही बजार क्षेत्रमा […]

नेपाली काङ्ग्रेसका नेता कनौडिया एमालेमा प्रवेश

कपिलवस्तु । कपिलवस्तुको क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिस भएका कांग्रेस नेता वीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन् । आज दिउँसो काठमाडौँमा कनौडियालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् । अध्यक्ष ओलीबाट सदस्यता ग्रहण गर्दै आजदेखि आफू एमालेमा प्रवेश गरेको उनले बताएका छन् । उनले पछिल्लो समय काङ्ग्रेसमा किचलो रहेको र क्षेत्र […]

देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जाने निर्णय

काठमाडौँ । नेपाली काङ्ग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने निर्णय गरेको छ । शनिबार आज पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले निर्वाचन आयोगको निर्णय सही नभएको जिकिर गर्दै न्याय माग्न सर्वोच्च जाने निर्णय भएको नेता प्रकाशशरण महतले बताए । त्यस्तै उनका अनुसार आइतबार नै सर्वोच्च अदालत जाने तयारी भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]