
Dus
Lks
Jns
Ggp
Rgp
Usb
Rgp
Sgp
Rgp
Ggp
Lnp
lnp
ksb
Rgp
Asb

lms

दाङ । देउखुरीको लमहीमा चर्को आवाज निकाल्दै चलाइएका (ध्वनि प्रदूषण गर्ने) ४ वटा मोटरसाइकलहरु शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
अझै पनि त्यस्ता खालका केही मोटरसाइकलहरु लमही क्षेत्रमा सञ्चालनमा रहेकोले ती मोटरसाइकलको खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेले जानकारी दिए ।
त्यस्तै चर्को आवाज निकाल्ने मोटरसाइकलका कारण लमही बजार क्षेत्रमा अत्यधिक कोलाहल मच्चिनुका साथै सर्वसाधारणलाई असहज र डिस्टर्ब हुने समस्या देखिएकोले ती मोटरसाइकलहरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
