
Djs
cjs
Srbpu
Pes
Lnp
Unsku
Ses
Pbu
Ggp
Rgp1
Gfs
pku
Rgp
Sgr

Rgu
Pvg
Ksm
Sls
Sbs
Asm
nsb
Bbu
Hal
Gst
Tsm
Rsb
Ggd
Rgs
Vor
Rgu
Bbbpu
Ssm
Wsp

bbt
Rmb
Mks
Syp
Abd
Jmb
Ptm
Pls
Gsb
Bml
Jmb
sab
Rpp
रुकुमपश्चिम । रुकुम पश्चिममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाँउपालिका वडा नम्बर –१,का ७४ वर्षका गणेशबहादुर कामिले ६५ वर्षका श्रीमती पम्फा कामीको हत्या गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै गणेशले श्रीमती पम्फाको टाउको र हातमा सनासोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको हो ।
कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक हरिप्रसाद पुनका अनुसार पम्फालाई उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । गणेशले श्रीमती पम्फालाई टाउको र हातमा सनाटोले हानेर घाइते बनाएपछि हिजो शुक्रबार हपरान्ह साढे ४ बजेतिर बुहारी सिर्जना विकले उपचारका लागि जिल्ला अस्पताल सल्ले लगेको उनले बताए ।
जिल्ला अस्पतालबाट थप उपचारका लागि हिजो शुक्रबार बेलुकी साढे ७ बजेतिर नेपालगंज पठाएकोमा साढे ८ बजेतिर बाटोमा मृत्यु भएको प्रहरी निरिक्षक पुनले जानकारी दिए । गणेशले मादक पदार्थ सेवन गरी सामान्य विवादका कारण आफ्नै श्रीमती पम्फालाई कुटपिट गरेको उनको भनाई छ । उनका अनुसार गणेशलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
