
Rgp
lnp
Jns
Ggp
Usb
Sgp
Lks
Rgp
Ggp
Rgp
Lnp
Asb
ksb
Dus
Rgp

lms

दाङ । रोजी बड्स बालबाटिका माध्यमिक विद्यालय लमहीको २५ औँ वार्षिकोत्सवको अवसरमा देउखुरी व्यापी भलिबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन लमही नगरपालिका–५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदीले गरेका हुन् । प्रतियोगितामा जम्मा ८ वटा टिमको सहभागिता रहेको छ । यस्तै उक्त खेलको रेफ्री प्रमुखमा भलिबल प्रशिक्षक भरत कुवँरको टिम रहेको विद्यालयका प्रिन्सिपल बसन्त न्यौपानेले जानकारी दिए ।
यस्तै प्रतियोगिता आइतबार भोलिसम्म सञ्चालन हुने छ । रोजी बड्स बालबाटिका माध्यमिक विद्यालयको २५ औँ वार्षिकोत्सव यही माघ १० गते मनाइने तयारी भैरहेको विद्यालयका प्रिन्सिपल न्यौपानेले बताए ।
त्यस्तै भलिबल प्रतियोगितामा ज्ञानोदय माध्यमिक विद्यालय पत्थर गढवा,जखेरा युवा क्लब,गोरखा माध्यमिक विद्यालय लमही,राजपुर गाउँपालिका, ऐरावती आदर्श बहुमुखी क्याम्पस,बुद्ध ज्योती माध्यमिक विद्यालय गढवा,रोजी बड्स स्कुल ‘ए’ र रोजी बड्स स्कुल ‘बी’ सहभागी रहेको विद्यालयले जनाएको छ ।
