
Gfs
Ses
Pbu
Djs
Rgp1
Rgp
Sgr
pku
Ggp
Pes
Lnp
Unsku
Srbpu
cjs

Tsm
Rsb
Rgu
Ssm
Bbbpu
Ggd
Rgs
Gst
nsb
Sbs
Bbu
Wsp
Hal
Rgu
Asm
Sls
Ksm
Vor
Pvg

Syp
sab
Rpp
Abd
bbt
Bml
Ptm
Jmb
Rmb
Jmb
Mks
Pls
Gsb
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मगर समुदायको परम्परागत कला, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धन गर्दै त्यसलाई पर्यटनसँग जोडेर व्यवसायीक रुपमा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।
नेपाल मगर संघ राप्ती गाउँपालिका समितिको आयोजनामा मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक पर्व माघे संक्रान्ति २०८२ को अवसरमा शनिबार राप्ती गाउँपालिका–३ मसुरियास्थित सिरिचौरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले मगर कला, संस्कृतिलाई आम्दानीको स्रोतका रुपमा विकास गर्न सकिने उल्लेख गरे ।
त्यस्तै उनले मगर समुदायका संस्कृतिहरुलाई केवल चाडपर्वमा मात्र सीमित नराखी वर्षैभरि प्रस्तुत गर्ने र व्यवस्थित ढंगले विकास गर्नुपर्ने आवश्यकता औंल्याए । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने गरी सांस्कृतिक कार्यक्रम,नृत्य, भेषभूषा,खानपान तथा परम्परागत जीवनशैलीलाई पर्यटनसँग जोड्न सके स्थानीय आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ थियो ।
अध्यक्ष विष्टले मगर समुदायको कला, संस्कृति, सभ्यता र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न यस्ता कार्यक्रमहरु प्रभावकारी माध्यम बन्ने बताए । साथै उनले मगर समुदायका संस्कार र संस्कृति नै देशको पहिचान भएको उल्लेख गरे । उनले मगर जाति साहसी,इमानदार र कर्तव्यनिष्ठ रहेको उल्लेख गर्दै विभिन्न कालखण्डमा देशको परिवर्तन,रक्षा र संरक्षणका लागि अग्रपंक्तिमा रहेर योगदान पुर्याएको स्मरण गरे ।
कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले मगर समुदायको कला,संस्कृति र पहिचान संरक्षणमा सबैको साझा दायित्व रहेको बताउँदै यस्ता सांस्कृतिक कार्यक्रमले आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने धारणा राखिन ।
नेपाल मगर संघका केन्द्रीय सदस्य भिम प्रकाश पुन मगरले मगर समुदायको इतिहास,पहिचान र अधिकारका विषयमा चर्चा गर्दै सांस्कृतिक जागरणसँगै शैक्षिक,सामाजिक तथा राजनीतिक सशक्तिकरण आवश्यक रहेको बताए ।
सामाजिक अभियन्ता प्रकाश शाहीले मौलिक संस्कार र संस्कृति नै देशको पहिचान भएको उल्लेख गर्दै मगर समुदाय नेतृत्व तहमा पुग्न नसक्नु दुःखद विषय भएको बताए । उनले आफ्नो अधिकार र पहिचानका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
“मगरात सभ्यता र पहिचान दस्तावेजिकरणको दशक बनाऔँ,गरौँ मगर हुनुमा गर्व प्रकृति, कुलपित्र र चेलीपूजालाई मूल सांस्कृतिक चाडका रूपमा मनाऔँ माघे सकराती पर्व”भन्ने मूल नारासहित आयोजित कार्यक्रम नेपाल मगर संघ राप्ती गाउँपालिका समितिका अध्यक्ष हिरा बहादुर पुन झाक्री मगरको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी,वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, ज्वालादल गण घोराहीका सेनानी राजकुमार गिरी, इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक पुष्कर सिंह ऐरी,नेपाल मगर शिक्षक संघका केन्द्रीय सञ्चार सचिव कृष्णबहादुर बुढा मगर,नेपाल मगर संघ लुम्बिनी प्रदेशका भाषिक उपाध्यक्ष इराधा झाक्री मगर,प्रदेश सदस्य धनिराम घर्ती मगर लगायत मगर समुदायका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा मगर संस्कृति झल्किने सांस्कृतिक प्रस्तुतिहरू तथा परम्परागत खानाका परिकारहरु प्रस्तुत गरिएको थियो । संघका उपाध्यक्ष कृष्ण पुन मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव टीका बहादुर बीएमले गरेका थिए ।
