
Usb
Ggp
Sgp
Ggp
Lnp
Rgp
Rgp
Rgp
ksb
Dus
Rgp
Lks
Asb
Jns
lnp

lms

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५,बाट उम्मेदवार बनेका छन् । शनिबार आज बसेको सचिवालय बैठकले उम्मेदवारहरुको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
सो क्रममा ओलीलाई झापा–५,बाट उम्मेदवार बनाइएको उनले बताए । झापा क्षेत्र नम्बर ५ यसपटक चर्चाको केन्द्रमा छ । रास्वपा प्रवेश गरेका काठमाडौंका मेयर बालेन शाहले पनि सोही क्षेत्रबाट उम्मेदवारी दिने तयारीबीच झापा–५ को चुनावलाई चासोका साथ हेरिएको छ ।
त्यस्तै झापामा मेयर बालेनको सचिवालयका लागि घर नै लिएर चुनावी गतिविधि बाक्लो बन्दै गएको छ ।
