प्रतिनिधिसभा चुनाव लड्नका लागि लुम्बिनी प्रदेशका ३ सांसदले दिए राजीनामा

रुपन्देही। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लुम्बिनी प्रदेश सभाका तीन जना सदस्यले राजीनामा दिएका छन् । प्रदेश सभा सचिवालयका अनुसार दाङबाट प्रदेश सभा सदस्य रहेका नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्की,बर्दियाबाट सदस्य निर्वाचित उज्यालो नेपाल पार्टी महासचिव धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद कन्हैया बानियाँले राजीनामा दिएका हुन् । लुम्बिनी […]

अमरे शकुमार सिंह र रहबर अन्सारी रास्वपामा प्रवेश

काठमाडौँ । विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गरेका छन् । सोमबार मधेस प्रदेशको राजधानी जनकपुरमा भएको बलिदानी दिवसको अवसर पारेर सिंह रास्वपा प्रवेश गरेका हुन् । लामो समय कांग्रेसको राजनीति गरेका सिंह २०७९ सालको निर्वाचनमा पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । यो पटक रास्वपाबाट सर्लाही ४ बाट उम्मेदवारी दिने […]

एमाले अध्यक्ष ओली झापा पुगेर भने–जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ

झापा । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले एमाले जुनसुकै अवस्थामा पनि चुनावमा होमिने बताएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचन सन्दर्भमा सोमबार गृहजिल्ला झापा पुगेका ओलीले चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । ‘शान्तिसुरक्षाको अवस्था राम्रो बन्नुपर्छ,’उनले भने,’हामी जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ ।’ निर्वाचन शान्तिपूर्ण, […]

जनकपुरमा एक पुरुषमाथि चक्कु प्रहार,चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ

जनकपुर । जनकपुरधाममा एक पुरुषमाथि चक्कु प्रहार भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभाका कारण भिडभाड भएको समयमा जनकपुरको गंगासागर पोखरीको डिलमा अन्दाजी ५० वर्षीय नाम नखुलेका पुरुषमाथि चक्कु प्रहार गरिएको हो । त्यस्तै घटनापछि स्थानीयवासीहरुले चक्कु प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । घाइते पुरुषलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल […]

रास्वपाले बनायो जेनजी आन्दोलनका घाइते प्रकाशलाई समानुपातिक उम्मेदवार

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका दैलेखका प्रकाश बहादुर बोहोरालाई समानुपातिक उम्मेदवार बनाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको रास्वपाको समानुपातिक बन्दसूचीमा खसआर्यतर्फ बोहोराको नाम चार नम्बरमा समावेश भएको हो । रास्वपाले बन्दसूची दर्ता गराउँदा कर्णालीबाट तीन जनाको नाममात्रै समावेश गरेको थियो, जसमा […]

गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन् । उनी केहीबेरअघि हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा-५ बाट उम्मेदवार बन्दै छन् । त्यस्तै ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार बन्ने पक्का भइसकेको छ । बालेन पनि आजै झापा […]

खेलकुद मन्त्री बब्लु गुप्ताले बुझाए राजीनामा

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्। उनले सोमबार राजीनामा दिएका छन्। त्यस्तै आसन्न प्रतिनिधिसभा निर्वाचनमा भाग लिन उनले राजीनामा दिएका हुन् । गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने तयारीमा छन्।

नेपाल प्रहरीका ८ जना डीआईजीहरुको सरुवा

काठमाडौं । नेपाल प्रहरीका आठ जना डीआईजीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अरुण पौडेल,जयराज सापकोटा, दिनेश कुमार आचार्य र दिपक रेग्मीको सरुवा गरेको हो । यसैगरी दिपेन्द्र घर्ती क्षेत्री, भुपेन्द्रबहादुर खत्री, माधव प्रसाद श्रेष्ठ र राजेन्द्र प्रसाद भट्टको पनि सरुवा भएको छ । पौडेललाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग कार्य निर्देशनालयमा, सापकोटालाई कर्णाली प्रदेशमा, […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा सोनाम ल्होसारको शुभकामना

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपलब्धिको संरक्षण नै स्थिर विकासको आधार भएको बताएका छन् । सोनाम ल्होसार पर्वको अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उनले अहिलेसम्म प्राप्त उपलब्धि जोगाएर अघि बढ्नु सबैको साझा जिम्मेवारी भएको बताएका हुन् । ‘आजसम्म हासिल गरेका उपलब्धिको रक्षा गर्दै अघि बढ्नु अत्यन्त जरुरी छ । सुशासन, सेवा प्रवाह, पूर्वाधार […]

स्थानीयतह छाडेर बीचमै राजीनामादिनु जनउत्तर दायित्व प्रतिको अपरिपक्वता होःअध्यक्ष विष्ट

दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय तहका जनप्रतिनिधिले पाँच वर्षका लागि जनतासँग गरेको जिम्मेवारीको करारलाई बीचमै तोडेर राजीनामा दिनु जनादेश र जनउत्तरदायित्व प्रतिको अपरिपक्वता भएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै अध्यक्ष विष्टले स्थानीय सरकार कुनै ट्रान्जिट पोइन्ट नभई जनताको दैनिक जीवन बदल्ने सर्वोच्च मोर्चा भएको उल्लेख गरे । उनले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]