Sidha Patra सोमबार, माघ ०५, २०८२

रुपन्देही। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लुम्बिनी प्रदेश सभाका तीन जना सदस्यले राजीनामा दिएका छन् ।

प्रदेश सभा सचिवालयका अनुसार दाङबाट प्रदेश सभा सदस्य रहेका नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्की,बर्दियाबाट सदस्य निर्वाचित उज्यालो नेपाल पार्टी महासचिव धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद कन्हैया बानियाँले राजीनामा दिएका हुन् ।

लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले मास्की,चौधरी र बानियाँले आइतबार राजीनामा दिएको जानकारी दिए । उनीहरुको राजीनामा बारे मनोनयन दर्ताको समय भन्दा अगाडि नै सूचना टाँस गरेर जानकारी दिइने प्रदेश सभा सचिवालयले जनाएको छ ।

त्यस्तै चौधरी यसअघि लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीको बर्दिया २ (२) बाट निर्वाचित भएका थिए । उनी नागरिक उन्मुक्ति पार्टी छोडेर कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको महासचिव बनेका छन् । नेपाली कम्युनिष्ट पार्टीका मास्की दाङ निर्वाचन क्षेत्र नं. ३ बाट र उज्यालो पार्टीका चौधरी बर्दिया–२ बाट उम्मेदवार बन्न लागेका हुन् ।

मास्की यसअघि तत्कालीन नेकपा माओवादी, एकीकृत समाजवादी र कांग्रेससहितको गठबन्धनबाट २०७९ को निर्वाचनमा दाङ ३ (२) बाट एमालेका हुकुमबहादुर बस्नेतलाई पराजित गरेका थिए । मास्की लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए ।

त्यस्तै, बर्दिया–२ बाट प्रतिनिधिसभा उम्मेदवार बन्न लागेका चौधरीले पनि प्रदेश सभा सदस्यबाट राजीनामा दिएका छन् । उनी २०७९ को निर्वाचनमा बर्दिया २ (२)बाट विजयी भएका थिए । उनले माओवादी–कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका मानबहादुर थारुलाई हराउँदै नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका थिए ।

प्रदेश सभामा नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार मन्त्रीसमेत बनेका चौधरीले नागरिक उन्मुक्तिमा निरन्तर विवाद बढेपछि पार्टी नै छोडेर उज्यालो पार्टी रोजेका हुन् । यस्तै, रुपन्देही ४ बाट प्रदेश सभा सदस्य निर्वाचित कन्हैया बानियाँ रास्वपाबाट रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्न राजीनामा दिएका हुन् ।

बानियाँले २०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ (१) मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट प्रदेश सभा सदस्यमा निर्वाचित बानियाँले आज राजीनामा दिएका हुन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]