
Gsl
Pbu
Amb
Nssbus7
gms
Syees
syysr
Gsbus
Bksbus5
Rbs
Ddhbs
Jsbus
dsbus
Ratbs
Csbus
Ssbus

Bbu
Vor
Gst
Ssm
Ksm
Sbs
Asm
Ggd
Wsp
Sls
Rgu
Hal
Pvg
Tsm
Bbbpu
nsb
Rgu
Rsb
Rgs

Jmb
bbt
Abd
Mks
Syp
Ptm
Rpp
Jmb
sab
Gsb
Bml
Rmb
Pls
रुपन्देही। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लुम्बिनी प्रदेश सभाका तीन जना सदस्यले राजीनामा दिएका छन् ।
प्रदेश सभा सचिवालयका अनुसार दाङबाट प्रदेश सभा सदस्य रहेका नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्की,बर्दियाबाट सदस्य निर्वाचित उज्यालो नेपाल पार्टी महासचिव धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद कन्हैया बानियाँले राजीनामा दिएका हुन् ।
लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले मास्की,चौधरी र बानियाँले आइतबार राजीनामा दिएको जानकारी दिए । उनीहरुको राजीनामा बारे मनोनयन दर्ताको समय भन्दा अगाडि नै सूचना टाँस गरेर जानकारी दिइने प्रदेश सभा सचिवालयले जनाएको छ ।
त्यस्तै चौधरी यसअघि लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीको बर्दिया २ (२) बाट निर्वाचित भएका थिए । उनी नागरिक उन्मुक्ति पार्टी छोडेर कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको महासचिव बनेका छन् । नेपाली कम्युनिष्ट पार्टीका मास्की दाङ निर्वाचन क्षेत्र नं. ३ बाट र उज्यालो पार्टीका चौधरी बर्दिया–२ बाट उम्मेदवार बन्न लागेका हुन् ।
मास्की यसअघि तत्कालीन नेकपा माओवादी, एकीकृत समाजवादी र कांग्रेससहितको गठबन्धनबाट २०७९ को निर्वाचनमा दाङ ३ (२) बाट एमालेका हुकुमबहादुर बस्नेतलाई पराजित गरेका थिए । मास्की लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए ।
त्यस्तै, बर्दिया–२ बाट प्रतिनिधिसभा उम्मेदवार बन्न लागेका चौधरीले पनि प्रदेश सभा सदस्यबाट राजीनामा दिएका छन् । उनी २०७९ को निर्वाचनमा बर्दिया २ (२)बाट विजयी भएका थिए । उनले माओवादी–कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका मानबहादुर थारुलाई हराउँदै नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका थिए ।
प्रदेश सभामा नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार मन्त्रीसमेत बनेका चौधरीले नागरिक उन्मुक्तिमा निरन्तर विवाद बढेपछि पार्टी नै छोडेर उज्यालो पार्टी रोजेका हुन् । यस्तै, रुपन्देही ४ बाट प्रदेश सभा सदस्य निर्वाचित कन्हैया बानियाँ रास्वपाबाट रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्न राजीनामा दिएका हुन् ।
बानियाँले २०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ (१) मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट प्रदेश सभा सदस्यमा निर्वाचित बानियाँले आज राजीनामा दिएका हुन् ।
