
Asb
Usb
Sgp
Ggp
Rgp
Ggp
Rgp
Jns
Rgp
Lks
Pbu
Lnp
ksb
Rgp
Dbs
lnp
Dus
दाङ । देउखुरीको सिमेन्ट उद्योगमा काम गर्ने एक श्रमिक पुरिएर मृत्यु भएको छ। लमही नगरपालिका वडा नम्बर–७,स्थित सम्राट सिमेन्टमा काम गर्ने लमही नगरपालिका–७ कमानपुर निवासी ३६ वर्षीय अरविन्द चौधरीको माटोको ढिस्को खस्दा पुरिएर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घटनामा परेर लमही नगरपालिका–७ हसनापुर निवासी शंकर चौधरी घाइते भएका छन् । उनको […]
काठमाडौँ । राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ गरेका हुन्। कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले उनी पक्राउ परेको पुष्टि गरे । ‘काठमाडौँबाट पक्राउ अनुमति आएको छ । सोहीअनुसार हामीले कार्यान्वयन गरेका हौँ,’उनले भने। त्यस्तै पक्राउ परेका प्रसाईंलाई काठमाडौँ […]
रुपन्देही। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लुम्बिनी प्रदेश सभाका तीन जना सदस्यले राजीनामा दिएका छन् । प्रदेश सभा सचिवालयका अनुसार दाङबाट प्रदेश सभा सदस्य रहेका नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्की,बर्दियाबाट सदस्य निर्वाचित उज्यालो नेपाल पार्टी महासचिव धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद कन्हैया बानियाँले राजीनामा दिएका हुन् । लुम्बिनी […]
काठमाडौँ । विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गरेका छन् । सोमबार मधेस प्रदेशको राजधानी जनकपुरमा भएको बलिदानी दिवसको अवसर पारेर सिंह रास्वपा प्रवेश गरेका हुन् । लामो समय कांग्रेसको राजनीति गरेका सिंह २०७९ सालको निर्वाचनमा पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । यो पटक रास्वपाबाट सर्लाही ४ बाट उम्मेदवारी दिने […]
झापा । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले एमाले जुनसुकै अवस्थामा पनि चुनावमा होमिने बताएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचन सन्दर्भमा सोमबार गृहजिल्ला झापा पुगेका ओलीले चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । ‘शान्तिसुरक्षाको अवस्था राम्रो बन्नुपर्छ,’उनले भने,’हामी जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ ।’ निर्वाचन शान्तिपूर्ण, […]
जनकपुर । जनकपुरधाममा एक पुरुषमाथि चक्कु प्रहार भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभाका कारण भिडभाड भएको समयमा जनकपुरको गंगासागर पोखरीको डिलमा अन्दाजी ५० वर्षीय नाम नखुलेका पुरुषमाथि चक्कु प्रहार गरिएको हो । त्यस्तै घटनापछि स्थानीयवासीहरुले चक्कु प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । घाइते पुरुषलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल […]
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका दैलेखका प्रकाश बहादुर बोहोरालाई समानुपातिक उम्मेदवार बनाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको रास्वपाको समानुपातिक बन्दसूचीमा खसआर्यतर्फ बोहोराको नाम चार नम्बरमा समावेश भएको हो । रास्वपाले बन्दसूची दर्ता गराउँदा कर्णालीबाट तीन जनाको नाममात्रै समावेश गरेको थियो, जसमा […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन् । उनी केहीबेरअघि हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा-५ बाट उम्मेदवार बन्दै छन् । त्यस्तै ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार बन्ने पक्का भइसकेको छ । बालेन पनि आजै झापा […]
काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्। उनले सोमबार राजीनामा दिएका छन्। त्यस्तै आसन्न प्रतिनिधिसभा निर्वाचनमा भाग लिन उनले राजीनामा दिएका हुन् । गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने तयारीमा छन्।
काठमाडौं । नेपाल प्रहरीका आठ जना डीआईजीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अरुण पौडेल,जयराज सापकोटा, दिनेश कुमार आचार्य र दिपक रेग्मीको सरुवा गरेको हो । यसैगरी दिपेन्द्र घर्ती क्षेत्री, भुपेन्द्रबहादुर खत्री, माधव प्रसाद श्रेष्ठ र राजेन्द्र प्रसाद भट्टको पनि सरुवा भएको छ । पौडेललाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग कार्य निर्देशनालयमा, सापकोटालाई कर्णाली प्रदेशमा, […]