लमही जेसीजको २६ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न,अध्यक्षमा पौडेल

दाङ । लमही जेसीजको २६ औं पद हस्तान्तरण, पुरस्कार वितरण तथा सपथ ग्रहण कार्यक्रम सोमबार लमहीस्थित होटल आश्रयमा सम्पन्न भएको छ । कार्यक्रम मार्फत वर्ष २०२५ को कार्यसमितिबाट वर्ष २०२६ का लागि निर्वाचित नयाँ कार्यसमितिलाई औपचारिक रुपमा नेतृत्व हस्तान्तरण गरिएको हो। नेपाल जेसीज वर्ष २०२६ का राष्ट्रिय उपाध्यक्ष सन्दीप भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लमही […]

दाङ क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसको तर्फबाट योगेन्द्र चौधरीलाई उम्मेदवार

दाङ । नेपाली काङ्ग्रेसले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ मा योगेन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ । काङ्ग्रेसको केन्द्रीय सहमहामन्त्री समेत रहेका चौधरीलाई पार्टीले उम्मेदवारको लागि टिकट दिएको हो । चौधरी यस अघि समानुपातिक सांसद समेत भैसकेका छन् ।

राष्ट्रिय जनमोर्चाले गर्‍यो दाङका तीनवटै क्षेत्रको उम्मेदवार घोषणा

दाङ । राष्ट्रिय जनमोर्चाले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि दाङ जिल्लाका तीन निर्वाचन क्षेत्रबाट उम्मेदवार घोषणा गरेको छ । जस अनुसार क्षेत्र नम्बर १ बाट गणेश आचार्य, क्षेत्र नम्बर २ बाट मनीराम खनाल र क्षेत्र नम्बर ३ बाट कमला जिसी रहेका छन् । राजमोले चुनावी प्रतिस्पर्धामा उतारेका तीनैजना उम्मेदवारहरु इमानदार,संघर्षशील र जनमुखी नेताका […]

दाङ क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मेटमणी चौधरीको उम्मेदवार

दाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट दाङ क्षेत्र नम्बर १ को उम्मेदवारीका लागि मेटमणी चौधरीले टिकट पाएका छन् । पार्टीको तर्फबाट लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी सोनाम लगायतका नेताहरुको उम्मेदवारीका लागि आकाङ्क्षिको रुपमा आफुलाई प्रस्तुत गरेको भएपनि अन्तमा चौधरीले टिकट पाएका हुन् । विगत २०७४ देखि निरन्तर यस क्षेत्रबाट चुनाव जित्दै आएका चौधरीले […]

राप्ती गाउँपालिकामा माघ सांस्कृतिक महोत्सव तथा माघ मिलन कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको राप्ती गाउँपालिका–७ बड्का सिसहनियाँमा माघ सांस्कृतिक महोत्सव २०८२ तथा माघ मिलन कार्यक्रम सोमबार सम्पन्न भएको छ। थारु कल्याणकारिणी सभा राप्ती गाउँपालिका इकाई समितिको आयोजनामा तथा राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। थारु कल्याणकारिणी सभा राप्ती गाउँपालिका इकाई समितिका कार्यवाहक अध्यक्ष नेत्रराज चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्य […]

दाङ क्षेत्र नम्बर १ मा रास्वपाबाट देवराज पाठक उम्मेदवार

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट दाङ क्षेत्र नम्बर १ को उम्मेदवारका लागि देवराज पाठकले टिकट पाएका छन् । रास्वपा लुम्बिनी प्रदेशका सभापति तथा केन्द्रीय सदस्य समेत रहेका पाठक यस अघि २०७९ सालको निर्वाचनमा चुनाव लडेर पराजित भएका थिए । चुनावमा पराजित भएपनि उनि निरन्तर संगठन विस्तारमा खटेका थिए । त्यस्तै टिकटका लागि भोजराज थापा,गगन […]

निर्वाचन आयोगद्वारा मनोनयनमा जाँदा तडकभडक नगर्न दलहरुलाई अनुरोध

काठमाडौं । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा लगायत तडकभडक नगर्न दलहरुलाई चेतावनी दिएका छन् । सञ्चारकर्मीहरुसँग सोमवार आयोगमा कुराकानी गर्दै उनले उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक नगर्न चेतावनी दिएका हुन् । तडकभडकलाई कानूनले पूर्ण रुपमा निषेध गरेको र आचारसंहीताले पनि निषेध गरेकाले त्यस्ता गतिविधिहरु नगर्न […]

सञ्चार,सूचना तथा प्रविधिमन्त्री खरेलद्वारा पदबाट राजीनामा

काठमाडौं । आज सञ्चार,सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन् । उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउँदै छ । कार्की नेतृत्वको मन्त्रिपरिषदबाट यसअघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङ र […]

सम्राट सिमेन्ट उद्योगमा काम गर्ने एक मजदुर माटोको ढिस्कोमा पुरिएर मृत्यु,एक घाइते

दाङ । देउखुरीको सिमेन्ट उद्योगमा काम गर्ने एक श्रमिक पुरिएर मृत्यु भएको छ। लमही नगरपालिका वडा नम्बर–७,स्थित सम्राट सिमेन्टमा काम गर्ने लमही नगरपालिका–७ कमानपुर निवासी ३६ वर्षीय अरविन्द चौधरीको माटोको ढिस्को खस्दा पुरिएर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घटनामा परेर लमही नगरपालिका–७ हसनापुर निवासी शंकर चौधरी घाइते भएका छन् । उनको […]

पोखराक कार्यक्रम स्थलबाट दुर्गा प्रसाई पक्राउ

काठमाडौँ । राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ गरेका हुन्। कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले उनी पक्राउ परेको पुष्टि गरे । ‘काठमाडौँबाट पक्राउ अनुमति आएको छ । सोहीअनुसार हामीले कार्यान्वयन गरेका हौँ,’उनले भने। त्यस्तै पक्राउ परेका प्रसाईंलाई काठमाडौँ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]