
Rgp
Ggp
Lnp
lnp
Jns
Rgp
Dus
Ggp
ksb
Rgp
Usb
Sgp
Rgp
Asb
Lks

lms

झापा । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले एमाले जुनसुकै अवस्थामा पनि चुनावमा होमिने बताएका छन् ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन सन्दर्भमा सोमबार गृहजिल्ला झापा पुगेका ओलीले चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । ‘शान्तिसुरक्षाको अवस्था राम्रो बन्नुपर्छ,’उनले भने,’हामी जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ ।’ निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न हुनुपर्ने उनले बताए ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन कार्यतालिका अनुसार यही माघ ६ गते उम्मेदवारहरुको मनोनयन दर्ता हुनेछ । अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ मा आफ्नो उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।
त्यस्तै गत भदौमा जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि अध्यक्ष ओली गृहजिल्लामा पहिलोपल्ट पुगेका हुन् ।
