
Jsbus
Ddhbs
Bksbus5
Ssbus
Nssbus7
Syees
Gsl
syysr
Csbus
Amb
dsbus
Pbu
Ratbs
Rbs
gms
Gsbus

Rgu
Sbs
Sls
Pvg
Tsm
Ggd
Ssm
Vor
Asm
Bbu
Hal
Bbbpu
Rgs
Rgu
Rsb
nsb
Wsp
Gst
Ksm

Syp
Ptm
Rpp
Pls
Bml
Mks
Gsb
Jmb
Rmb
Abd
sab
bbt
Jmb
काठमाडौँ । विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गरेका छन् ।
सोमबार मधेस प्रदेशको राजधानी जनकपुरमा भएको बलिदानी दिवसको अवसर पारेर सिंह रास्वपा प्रवेश गरेका हुन् । लामो समय कांग्रेसको राजनीति गरेका सिंह २०७९ सालको निर्वाचनमा पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । यो पटक रास्वपाबाट सर्लाही ४ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
यस्तै मधेस प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टी(साविक माओवादी केन्द्र)का सांसद रहेका रहबर अन्सारी पनि रास्वपा प्रवेश गरेका छन् । अन्सारीले पार्टीको नीति र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै केहि दिनअघि पार्टी र प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए । कार्यक्रममा बोल्दै अन्सारीले मधेसबाट पहिलोपटक बालेन शाह देशकै नेतृत्वमा पुग्न लागेकाले रास्वपालाई विजयी गराउन अन्सारीले अपिल गरे ।
त्यस्तै ‘यो देशको नेतृत्वमा पहिलोपटक मधेसबाट बालेन शाह पुग्दैछन् । अहिलेसम्म मधेसबाट कोही पनि नेतृत्वमा पुगेका थिएन । सँगसँगै सभापति रवि लामिछानेले त्याग गर्नुभएको छ । सडेगलेका नेताहरूको कुनै पनि भाषण नसुन्नुहोला । सबै नेताहरूले झुटो आश्वासन मात्र दिए । यसपटक घण्टी चुनाव चिन्हमा भोट हालेर देखाइदिनु होला’, उनले भने ।
