
Pes
Srbpu
Pbu
Djs
Unsku
Rgp
Lnp
Gfs
pku
Ggp
Sgr
cjs
Rgp1
Ses

Bbu
Ssm
Vor
Wsp
Pvg
Gst
Rsb
Rgu
nsb
Sls
Asm
Tsm
Ksm
Bbbpu
Hal
Rgu
Ggd
Sbs
Rgs

Syp
Gsb
Rpp
bbt
Ptm
sab
Jmb
Abd
Jmb
Bml
Pls
Rmb
Mks
काठमाडौं । नेपाल प्रहरीका आठ जना डीआईजीहरुको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले अरुण पौडेल,जयराज सापकोटा, दिनेश कुमार आचार्य र दिपक रेग्मीको सरुवा गरेको हो । यसैगरी दिपेन्द्र घर्ती क्षेत्री, भुपेन्द्रबहादुर खत्री, माधव प्रसाद श्रेष्ठ र राजेन्द्र प्रसाद भट्टको पनि सरुवा भएको छ ।
पौडेललाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग कार्य निर्देशनालयमा, सापकोटालाई कर्णाली प्रदेशमा, आचार्यलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा र रेग्मीलाई अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा गरिएको छ ।
यसैगरी क्षेत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा, खत्रीलाई केन्द्रीय अनुसन्धान व्युरो लाजिम्पाटमा, श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा र भट्टलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले राष्ट्रिय किताबखाना (प्रहरी) लैनचौरलाई पत्र लेख्दै सरुवाको विवरण अभिलेखमा जनाउन आग्रह गरेको छ । गृह मन्त्रालयको मिति २०८२ माघ ४ गतेको पत्रानुसार यो निर्णय कार्यान्वयनमा आएको हो । सरुवा भएका डीआईजीहरुको सूची र नयाँ कार्यक्षेत्रबारे प्रधान कार्यालयले मातहतका युनिटहरूलाई जानकारी गराउँदै आवश्यक कारबाहीका लागि निर्देशन दिएको छ।
त्यस्तै यसअघि प्रहरी उपरीक्षक (एसपी) हरुको पनि ठुलो सङ्ख्यामा सरुवा भएको थियो ।

