
mbd
Gisld
Rbs
Sds
Mbdvs
Pbu

Vor
Ggd
Gst
nsb
Asm
Bbu
Tsm
Ksm
Bbbpu
Rgu
Wsp
Sls
Sbs
Rsb
Ssm
Rgs
Rgu
Pvg
Hal

sab
Jmb
Jmb
Abd
Syp
bbt
Ptm
Gsb
Pls
Bml
Rmb
Mks
Rpp
पाल्पा । पाल्पामा शनिबार बेलुकी भएको टिप्पर दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर साँझ करिब ६ बजे दुर्घटनामा परेको हो।
माथागढी गाउँपालिका वडा नम्बर ७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडक खण्डमा भएको उक्त दुर्घटनामा चालकसहित चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अर्घाखाँचीको सितगंगा नगरपालिका –४ सिद्दाराका २६ वर्षीय चालक चिन्ता बहादुर सुनार,२६ वर्षीय सुनिल विक, रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर २ खैरेनीका करिब २६ वर्षीय सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको मृत्यु भएको हो ।
त्यस्तै प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका चिदीको भैरहवा मेडिकल कलेज,रुपन्देहीमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो। दुर्घटनापछि टिप्पर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
