
Rgp
Lnp
ksb
Rgp
Jns
Usb
Lks
Ggp
Ggp
Rgp
Sgp
Asb
Dus
lnp
Rgp

lms

दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय तहका जनप्रतिनिधिले पाँच वर्षका लागि जनतासँग गरेको जिम्मेवारीको करारलाई बीचमै तोडेर राजीनामा दिनु जनादेश र जनउत्तरदायित्व प्रतिको अपरिपक्वता भएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै अध्यक्ष विष्टले स्थानीय सरकार कुनै ट्रान्जिट पोइन्ट नभई जनताको दैनिक जीवन बदल्ने सर्वोच्च मोर्चा भएको उल्लेख गरे ।
उनले मन्त्री वा प्रधानमन्त्री बनेर मात्र देश बन्ने होइन, सकेसम्म स्थानीय स्तरबाटै उदाहरणीय काम गरेर देश निर्माण गर्न सकिने धारणा व्यक्त गरेका छन् । उनले स्थानीय तहलाई राजनीतिक गन्तव्यतर्फ पुग्ने सिँढीका रुपमा नभई जनताको सेवा,विकास र परिवर्तनको केन्द्रका रूपमा बुझ्नुपर्नेमा जोड दिए ।
त्यस्तै स्थानीय स्तरमै रहेर जनअपेक्षा पूरा गर्नु र परिणाममुखी काम गर्नु नै जिम्मेवार जनप्रतिनिधिको दायित्व भएको उनको भनाइ छ ।
