झापा–५ मा गएर ओलीले गराए आफ्नो उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । ओली यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यस्तै यो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनी […]

राष्ट्रिय जनमोर्चाका उम्मेदवार आचार्यले दाङ-१ मा गएर गराए मनोनयन दर्ता

दाङ । आगामी प्रतिनिधि सभा सदस्य पदका लागि राष्ट्रिय जनमोर्चा पार्टीका गणेश आचार्यले दाङ क्षेत्र नम्बर १ मा आफ्नो मनोनयन दर्ता गराएका छन् । आचार्यले आज बिहान ११:४५ बजे निर्वाचन अधिकृतको कार्यालय लमहीमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै आज देशै भर विभिन्न दलका उम्मेदवारहरुले आफ्नो मनोनयन धमाधम दर्ता गराइरहेका छन् । सरकारले […]

म्याग्दीबाट उम्मेदवारी दिएपछि महावीर पुनले भने म कुनै पार्टीको पुच्छर बन्दिनँ

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्रीबाट आज राजीनाम दिएर महावीर पुनलेले आफू कुनै पनि पार्टीमा नलाग्ने बताएका छन् । मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका उनले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । कुनै पनि पार्टीको पुच्छर नबन्न आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ । म्याग्दी पुगेर मनोनयन दर्ता गरेपछि […]

झापा-५ बाट बालेन शाहले गराए उम्मेदवारी दर्ता

झापा । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । दमकस्थित अर्गानिक कृषि बजारमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर बालेनले उम्मेदवारी दर्ता गराएका हुन् । बालेनका समर्थकमा भेषराज भट्टराई र प्रस्तावकमा भूमिनन्द बराल रहेका छन् । भट्टराई झापा क्षेत्र नम्बर ५ […]

नेकपाका केन्द्रीय सदस्य केसीद्वारा राजिनामा,दाङ-१ बाट स्वतन्त्र उम्मेदवारको घोषणा

दाङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले राजीनामा दिएका छन् । उनले आज राजिनामा पत्र लेख्दै भनेका छन् ,ऐतिहासिक जनयुद्ध कालको पहल कर्ता २०५० को वर्गसंघर्ष पछि आजसम्म क्रान्तिकारी अभियानमा निरन्तर रहेको र रहने समेत बताएका छन् । त्यस्तै केसीले भनेका छन् ,अहिलेको पार्टी एकताको आफू पहल […]

शिक्षामन्त्री पुनले मन्त्री पदबाट दिए राजीनामा

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत मन्त्री पुनले राजीनामा दिएको जानकारी दिए । त्यस्तै उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’

दाङ क्षेत्र नम्बर १ मा नेकपा माओवादी विप्लवबाट प्रकाश शाही उम्मेदवार

दाङ । नेपाल कम्युनिस्ट पार्टी माओवादी (विप्लव)ले दाङ क्षेत्र नम्बर १ मा प्रकाश शाहीलाई उम्मेदवारको रुपमा अघि सारेको छ । आगामी प्रतिनिधि सभा सदस्यको लागि शाहीलाई पार्टीले टिकट दिएको हो । शाही पार्टीको केन्द्रीय सदस्य हुन् । उनले पछिल्लो समय दाङको देउखुरी स्थित महेन्द्र राजमार्ग अन्तर्गत पर्ने धान खोला र लमहीको ४ लेन सडक विस्तारको […]

घोराहीको जनजागृती टोलमा एक पुरुष मृत अवस्थामा फेला

दाङ । घोराहीमा एक पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका वडा नम्वर १६ जनजागृती टोलमा आज विहान सवा दश बजेतिर एक पुरुष मृत अवस्थामा फेला परेका छन् । त्यस्तै मृत अवस्थामा फेला परेका व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ । मृतकको हुलिया हेर्दा अन्दाजी […]

दाङ-१ मा एमालेबाट रेवतीरमण शर्मा घिमिरेको उम्मेदवार

दाङ । नेकपा एमाले पार्टीले दाङ निर्वाचन क्षेत्र नम्बर १ मा रेवतीरमण शर्मा घिमिरेलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेको तर्फबाट घिमिरेले टिकट प्राप्त गरेका हुन्। आज उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ। यसअघि घिमिरे लुम्बिनी प्रदेशसभा सदस्यका रुपमा निर्वाचित भएका थिए । उनी दाङ क्षेत्र नम्बर १ […]

दाङ क्षेत्र नम्बर १ मा राप्रपाबाट विनय बुढाथोकीको उम्मेदवार

दाङ । राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)बाट आगामी प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नम्बर १ मा विनय बुढाथोकीले चुनाव लड्ने भएका छन् । पार्टीको सक्रिय राजनीति गरिरहेका युवा नेता बुढाथोकी दाङ क्षेत्र नम्बर १ मा दुई कार्यकालका लागि पार्टीको अध्यक्ष समेत बनि सकेका छन् । उनलाई अहिले पार्टीले प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्न अघि […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]