
Usb
Rgp
ksb
Rgp
Ggp
Jns
Dus
lnp
Sgp
Rgp
Lks
Ggp
Lnp
Rgp
Asb

lms

दाङ । घोराहीमा एक पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका वडा नम्वर १६ जनजागृती टोलमा आज विहान सवा दश बजेतिर एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै मृत अवस्थामा फेला परेका व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ । मृतकको हुलिया हेर्दा अन्दाजी ३६ वर्षको,गहुँगोरो, निलो रङको जिन्स पाईन्ट, र आकाशे रङको टिर्सट तथा हुडी जकेट लगाएका छन् । साथै उनको साथमा अटो वा स्कुटरको जस्तो चावी समेत फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा थप अनुसनन भईरहेको प्रहरीले बताएको छ ।
