
Ssbus
Ddhbs
Pbu
Ratbs
Gsbus
Gsl
Nssbus7
Amb
Jsbus
Csbus
Bksbus5
Rbs
dsbus
gms

Sbs
Ggd
Ssm
Ksm
Rsb
Rgu
Rgs
nsb
Vor
Bbbpu
Rgu
Wsp
Sls
Gst
Bbu
Asm
Pvg
Tsm
Hal

bbt
Bml
Rmb
Rpp
Ptm
Pls
Jmb
Jmb
Mks
sab
Abd
Syp
Gsb
झापा । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
दमकस्थित अर्गानिक कृषि बजारमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर बालेनले उम्मेदवारी दर्ता गराएका हुन् । बालेनका समर्थकमा भेषराज भट्टराई र प्रस्तावकमा भूमिनन्द बराल रहेका छन् । भट्टराई झापा क्षेत्र नम्बर ५ निर्वाचन परिचालन समितिका संयोजक हुनु भने बराल रास्वपाका केन्द्रीय निर्वाचन आयोगका सचिव हुन् ।
त्यस्तै गोर्खा किचन अगाडिबाट बाजागाजासहित र्याली लिएर बालेन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । यस पटकको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ राष्ट्रिय राजनीतिमै सबैभन्दा बढी चर्चामा रहेको छ ।
यस्तै यहाँबाट नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार बनेका छन् । बालेन र ओली दुवै प्रधानमन्त्रीका दाबेदार भएकाले यस पटक झापा ५ को चुनाव रोचक बन्ने आकलन गरिएको छ ।अन्नपूर्ण
