Sidha Patra शुक्रबार, माघ ०९, २०८२

दाङ । कुलपानी सामुदायिक वनको आयोजनामा समूहका महिलाहरुसंग अभिमुखीकरण गोष्ठी बिहिवारदेखि सुरु गरेको छ ।

सामुदायिक वन समूहको पर्यावरण विकास तथा वन संरक्षण सम्बर्द्धन र सदुपयोग सम्बन्धि वन क्षेत्रसंग जोडिएका बडहरा पत्रिङ्गा टोलको महिलाहरुसंग एक दिने अभिमुखीकरण गोष्ठी गरिएको हो ।समूहका ३३ जना महिलाहरुको सहभागितामा सुरु भएको गोष्ठी कार्यक्रममा समूहका महिलाले निम्न विषयवस्तुमा केन्द्रित रहेर सबैजनाले सेतो कपडाको पर्दामा हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका छन् ।

प्रतिबद्धताहरु:

१- वन संरक्षण कार्यमा निरन्तर खट्ने ।
२- वन व्यवस्थापन कार्यमा कार्यसमितिले गरेका निर्णयमा अक्षरस पालना गर्ने ।
३- वन पैदावरको सदुपयोगका लागि सबै प्रतिबद्ध रहने ।
४- जैविक विविधता र सिमसार क्षेत्र संरक्षणमा पुर्णरुपले खट्ने ।
५- पर्यापर्यन र उद्यम विकासलाई समूह मार्फत नै संचालन गर्ने ।
६ – वन डढेलो नियन्त्रणलाई वन शुन्यमा झार्ने ।
७ – समूहका गरिव विपिन महिलाहरुको क्षमता,नेतृत्व र आयअर्जनका लागि कार्य गर्ने ।

समूहका अध्यक्ष नवराज शर्माको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ दाङ जिल्ला अध्यक्ष हरि भुसालको प्रमुख आतिथ्यतामा सुरु भएको अभिमुखी गोष्ठी कार्यक्रममा उपस्थित महिलाहरुलाई भुसालले प्रशिक्षण दिएका थिए ।यसैगरी विभिन्न टोल बस्तीका महिलाहरुलाई प्रत्येक दिन गरि १० दिनसम्म यस विषयमा प्रशिक्षण दिइने समूहका अध्यक्ष शर्माले जानकारी दिए । कार्यक्रमको संचालन समूहकि सचिव दिलबसी बिकले गरेकी थिइन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]