
lnp
Usb
Lks
Asb
Ggp
Dus
Rgp
Jns
ksb
Sgp
Lnp
Ggp
Rgp
Rgp
Rgp

lms

दाङ । घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीलाई भ्रष्टाचार मुद्दा दायर भएको छ ।
तत्कालिन समयमा बाँकेको मालपोत अधिकृत हुँदा केसीले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरि भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको हो ।
केसीसंग २२ लाख ४२ हजार ७ सय २० बिगो माग दावि गरिएको छ । अख्तियारले केसीसहित ९ जनाविरुद्ध सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरि भ्रष्टाचार गरेको अभियोगमा आज उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
त्यस्तै अख्तियारले तत्कालिन मालपोत अधिकृतहरू ऋषिराम केसी र अशोककुमार भट्टराई, नायब सुब्बा ताराप्रसाद खनाल,नायव सुब्बा कर्णबहादुर पुन, साविक बेतहनी गाविसका सचिव मानबहादुर बोगटी,डुडुवा गाउँपालिका–२ बस्ने लीलावती कैराती र वीरेन्द्रकुमार कुर्मीलाई प्रतिवादी बनाएको छ ।
