
dsbus
Rbs
Nssbus7
Jsbus
Gsl
Ratbs
Bksbus5
Ddhbs
Ssbus
Amb
Csbus
gms
Gsbus
Pbu

Asm
Bbu
Ksm
Ssm
Gst
Rsb
Vor
Sbs
Sls
Pvg
Bbbpu
Rgu
Hal
Wsp
nsb
Tsm
Ggd
Rgu
Rgs

Abd
Rpp
Bml
Pls
Syp
Jmb
Jmb
Mks
Ptm
Gsb
Rmb
bbt
sab
दाङ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समिति जिल्ला दाङ क्षेत्रीय समिति देउखुरीले गढवा गाउँपालिका वडा नम्बर २ पचहियामा रहेको रात्रि प्राथमिक विद्यालयमा पाठ्यपुस्तक तथा स्टेसनरी सामग्री वितरण गरेको छ ।
समितिले १३ औं राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पुजाको अवसरमा उक्त पाठ्यपुस्तक तथा स्टेसनरी सामग्री एक कार्यक्रमका बीच शुक्रबार आज वितरण गरेको हो ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समिति देउखुरीका अध्यक्ष पदम प्रसाद भण्डारीको अध्यक्षता तथा गढवा गाउँपालिका शिक्षा शाखाका सहायक शिक्षा प्रमुख रविलाल माझीको प्रमुख आतिथ्यता सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि माझीले गढवा गाउँपालिकाको शिक्षा शाखाले शिक्षा क्षेत्रमा आफ्नो पहुँचले भ्याएसम्म निरन्तर कार्य गरिरहेको बताएका छन् । शिक्षा शाखाले अहिले वडा पालिकासंग पनि समन्वय गरेर पालिका भित्रका विद्यालयहरुमा शिक्षा शाखालाई प्राप्त अधिकार र गर्न सक्ने सम्पूर्ण कार्यहरु गरिरहेको बताए ।
त्यस्तै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समिति लुम्बिनी प्रदेशका उपाध्यक्ष दिपक भुसालले अहिले नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समिति लुम्बिनी प्रदेशले आफ्नो क्षेत्रमा रहेका विद्यालयहरुमा सक्दो सहयोगका कार्यक्रमहरु गरिरहेको बताए । उनले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरुलाई निरन्तर दिन जरुरी रहेको बताए ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समिति लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष भैरव रावलले नेपालमा विभिन्न दिवस मनाइने भएको भएपनि नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी दिवस मनाउन नसकिएको बताए ।
उनका अनुसार सरकारसंग अहिले महासंघले यो दिवसलाई शैक्षिक क्यालेन्डरमा समेत राख्न लगाउने र आगामी दिनमा यो दिवसलाई भव्य साथ मनाउनु पर्ने सरकारसंग माग राखिरहेको बताए । उनले व्यवसायी मात्र नभएर सामाजिक कार्यमा पनि लाग्नुपर्छ भन्ने उदेश्यले समितिले यो कार्य निरन्तर गरिरहेको बताए ।
यस्तै उनले सरकारी स्कुलहरुलाई सरकारले नि विशेष ध्यान दिनुपर्ने बताए । समितिले पहिलो पटक गढवामा सहयोग गरेको र त्यसपछि लमही नगरपालिका,राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र फेरि अहिले गढवाको सो विद्यालयलाई पालिकाको सिफारिसमा सहयोग गरेको बताए । समितिले प्रत्येक वर्ष देउखुरी क्षेत्रको ४ वटा पालिका भित्र पर्ने विभिन्न विद्यालयहरु मध्य छानेर यसैगरी सहयोग गर्दै आएको रावलले बताए ।
त्यस्तै गढवा गाउँपालिका वडा नम्बर २ का वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश चौधरीले विद्यालयको अवस्था हेरेर र आफू अध्यक्ष भएको बताएका छन् । सो विद्यालयमा अहिले लखपट्टी सामुदायिक वनले एकजना र गढवा गाउँपालिकाले एक गरि दुई जना शिक्षकको व्यवस्था गरिदिएको हुँदा अहिले पढाईमा केही सहज भएको उनले बताए ।
कार्यक्रममा १ लाख ७२ हजार १ सय दस रुपैया बराबरको सामग्री वितरण गरिएको छ । कुल ९१ जना विद्यार्थी रहेको उक्त विद्यालयमा हालसम्म यसैगरी सहयोगबाट उठेको स्टेसनरी सामग्रीबाट विद्यार्थीहरुले लेख्ने सामग्री पुराइएको विद्यालयले जनाएको छ ।
गढवा-२ पचहियामा रहेकोे उक्त विद्यालय २०३५ सालमा पर्शुनारायण चौधरीको पहलमा स्थापना भएको हो । पहिले सो विद्यालयमा बेलुका ५ बजेदेखि राति ११ बजेसम्म पढाई हुने गरेकोले विद्यालयको नाम रात्रि प्राथमिक विद्यालय राखिएको हो । यद्यपि अहिले विद्यालय दिवा सेवामा संचालन हुँदै आएको छ । विद्यालयको बारेमा बुझ्दा स्थापना कालमा राति पढ्ने र दिउँसो आफ्नो काम गर्ने गरेको जानकारहरुले बताए । गरिब,दुखी तथा निमुखाहरुले राति शिक्षा हासिल गर्ने र दिउँसो ज्याला-मजदुरी गर्ने गरिएको पाइएको छ ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समिति लुम्बिनी प्रदेशका सदस्य भानु यादव, विद्यालयका प्रधानाध्यापक माधव पोख्रेल,पत्रकार मेगमन बुढा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वडा नम्बर २ का वडा सदस्य राधेश्याम थारु कुमाल,महिला सदस्य जगमती यादव,दलित महिला सदस्य निमा परियार विद्यालयका पुर्व प्रधानाध्यापक माधव नाथ योगी लगायत नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समिति जिल्ला दाङ क्षेत्रीय समिति देउखुरीका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियोे ।
त्यस्तै कार्यक्रममा हेमराज लामाले उक्त शैक्षिक सामग्री सहयोग गर्ने पुस्तक व्यवसायीहरुको नाम बारेमा जानकारी गराएका थिए । कार्यक्रममा विद्यालयमा पहिलो,दोस्रो,तेस्रो हुने १८ जना विद्यार्थीहरुलाई कपि-कलम स्वरुप पुरस्कार वितरण गरिएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक अमर सिंह थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम संचालन नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समिति जिल्ला दाङ क्षेत्रीय समिति देउखुरीका सचिव तारा चुडालीले गरेका थिए ।




