
Jns
Rgp
Lks
Rgp
Dus
Ggp
Ggp
Lnp
Rgp
Sgp
ksb
Asb
lnp
Usb
Rgp

lms

बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म१त १०१३ नम्बरको ट्याक्टर आज बिहान साडे ९ बजेको समयमा पाटन नगरपालिका वडा नम्बर -८ को अनारखोलिमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान भएको छैन ।
यस्तै दुर्घटनामा ३ जना घाइते भएको खोड्पे प्रहरी चौकीका इन्चार्ज उदयसिंह खडायतले जानकारी दिए । घाइतेहरुको पनि परिचय नखुलेको खडायतले बताए । ‘भर्खरै उद्दारको काम गर्यौं, घाइतेहरूलाई डडेल्धुरा अस्पताल पठाएका छौं, सबै विवरण खुल्न बाकी छ’, प्रहरी इन्चार्ज खडायतले भने ।
त्यस्तै ट्याक्टरमा चालकसहित ४ जना सवार रहेको बुझिएको छ । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको छ ।अनलाइनखबर
