
ksbl-7
Gsbr-6
Csbg-7
jsbr-3
Rksr-7
Jsbg-7
Gsbg-3
Msbg-2
Pbu
Usbl-7
दाङ । देउखुरीको गढवा गाउँपालिकाले सत्रौँ गाउँसभा बुधबार आफ्नो नीति तथा कार्यक्रम सर्वस्व सम्मत रुपमा पास पारित गरेको छ । गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई सभाका सदस्यहरुले सर्वसम्मत रुपमा पारित गरेका हुन् । गाउँपालिका अध्यक्ष शर्मा पोख्रेलले आगामी आर्थिक वर्ष २०८२ /०८३ का लागि नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका […]
हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपाने माथि मोबिल छ्यापिएको छ । बुधबार आज दिउँसो ३ः५० बजेको समयमा वडा कार्यालय भित्रै उपमहानगर प्रवक्ता समेत रहेका अध्यक्ष न्यौपाने माथि मोबिल छ्यापिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अपरिचित व्यक्तिको एक समूहले वडाध्यक्ष न्यौपानेलाई मोबिल छ्यापेको हो । हेटौँडा–१ चाइना क्वाटर भित्र रहेको […]
काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका गणेश बहादुर ठाडा मगरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को यही असार २ गतेको निर्णयले उनी सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती भएका हुन् । त्यस्तै महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा […]
नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । गएको रातिको अविरल वर्षासँगै आएको बाढीले खोलामा बनाइएको अस्थायी डाइभर्सन बगाएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालले जानकारी दिनुभयो। उहाँका अनुसार यही डाइभर्सन हिजो […]
दाङ । गढवा उद्योग बाणिज्य संघले स्थानिय उत्पादन,समृद्ध पालिका– उद्योग, पर्यटन र व्वसाय: समृद्धिको मेरुदण्ड भन्ने मूल नाराका साथ असार ३ गतेदेखि प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला, २०८२ सुरुवात गरेको छ ।बिभिन्न भेषभुषाका संस्कृति झल्कीने झँकी सहितको शोभायात्राले गढवा बजार परिक्रमा पछि संघका अध्यक्ष ओंमप्रकाश बसेलको अध्यक्षतामा सुरुवात भएको कार्यक्रममा लुम्बिनी प्रदेश […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले छ वटा प्रदेश ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पार्टीले कोशी,बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो । केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार सङ्गठनलाई सुदृढ गर्न सबै पालिका,वडा,टोल,जिल्ला,प्रदेश र केन्द्रसम्मका सदस्यको भेला,सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन हुनेछ । त्यस्तै बाँकी […]
काठमाडौँ । भारतको अहमदाबाद विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरुको डीएनए नमुनाको मिलान प्रक्रिया जारी रहेको छ । मंगलबार साँझसम्म १ सय ६३ डीएनए नमुनाको परीक्षण सम्पन्न भइसकेको छ,जसमा १२४ जना मृतकको शव आफन्तलाई बुझाइएको सिभिल अस्पतालका सुपरिटेन्डेन्ट राकेश जोशीले जानकारी दिए । उनका अनुसार रिपोर्ट आइरहेकाले यो सङ्ख्या क्रमशः बढ्नेछ । दुर्घटनाको दिन अस्पतालमा ७१ […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका–४ मा क्षयरोग निवारणका लागि दुई दिने वडा स्तरीय सूक्ष्म योजना निर्माण कार्यक्रम मङ्गलबारदेखि सुरु भएको छ । “हो, हामी क्षयरोग अन्त्य गर्छौँ” भन्ने नारासहित सञ्चालित उक्त कार्यक्रम क्षयरोगमुक्त नेपाल अभियानअन्तर्गत गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको हो । वडा नम्बर ४ का अध्यक्ष वीरबहादुर चौधरीको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष कमलापति […]
दाङ । बङ्लाचुली गाउँपालिका वडा नम्बर–३ लेखटापाका ४४ वर्षीय लुम बहादुर रावतलाई अवैध हातहतियार सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक सोम घर्ती मगरको कमाण्डमा खटिएको प्रहरी टोलीले रावतलाई जेठ २९ गते साँझ ६ बजेतिर पक्राउ गरेको हो । रावतको घरमा खानतलासी गर्दा […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन शिक्षकहरुले आन्दोलन गरेकाले उत्तर पुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो । ‘शिक्षकहरुले […]