
Nssbus7
Gsbus
Rbs
dsbus
Pbu
Ratbs
Gsl
Jsbus
gms
Ddhbs
Csbus
Bksbus5
Amb
Ssbus

nsb
Rgu
Pvg
Asm
Gst
Rgu
Vor
Bbu
Bbbpu
Rgs
Tsm
Ggd
Wsp
Hal
Sbs
Rsb
Ksm
Sls
Ssm

Jmb
sab
Abd
Gsb
Mks
bbt
Bml
Rmb
Syp
Pls
Rpp
Ptm
Jmb
दाङ । देउखुरीको राप्ती गाउँपालिका–४ मा क्षयरोग निवारणका लागि दुई दिने वडा स्तरीय सूक्ष्म योजना निर्माण कार्यक्रम मङ्गलबारदेखि सुरु भएको छ ।
“हो, हामी क्षयरोग अन्त्य गर्छौँ” भन्ने नारासहित सञ्चालित उक्त कार्यक्रम क्षयरोगमुक्त नेपाल अभियानअन्तर्गत गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको हो । वडा नम्बर ४ का अध्यक्ष वीरबहादुर चौधरीको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राप्ती गाउँपालिकाका लागि क्षयरोगमुक्त अभियान नेपालकी संयोजक प्रतिमा विष्टले जोखिम समूहको पहिचान, प्रभावकारी परीक्षण तथा उपचार, जनचेतना अभिवृद्धि, स्वास्थ्य सेवा पहुँच विस्तार र सूक्ष्म योजना निर्माणका आधारभूत पक्षहरुबारे जानकारी दिएकी थिइन् । उनका अनुसार, सूक्ष्म योजना निर्माणको क्रममा वडा स्तरीय स्वास्थ्य सेवाको उपलब्धता,जनसांख्यिक विवरण, क्षयरोग सम्बन्धी विवरण सङ्कलन,उपलब्ध स्वास्थ्य जनशक्तिको विवरण तथा क्षयरोगको जोखिम समूहको पहिचानजस्ता विषयलाई प्राथमिकताका साथ समेटिनेछ ।
त्यस्तै कार्यक्रममा वडा सदस्यहरु,गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउत,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरु,स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
संयोजक विष्टका अनुसार सोही कार्यक्रम वडा नम्बर १ मा सम्पन्न भइसकेको छ भने वडा नम्बर ६ मा असार ५ गते सञ्चालन गरिने छ ।
