तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका बुधबार, आषाढ ०३, २०८२

दाङ । देउखुरीको राप्ती गाउँपालिका–४ मा क्षयरोग निवारणका लागि दुई दिने वडा स्तरीय सूक्ष्म योजना निर्माण कार्यक्रम मङ्गलबारदेखि सुरु भएको छ ।

“हो, हामी क्षयरोग अन्त्य गर्छौँ” भन्ने नारासहित सञ्चालित उक्त कार्यक्रम क्षयरोगमुक्त नेपाल अभियानअन्तर्गत गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको हो । वडा नम्बर ४ का अध्यक्ष वीरबहादुर चौधरीको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा राप्ती गाउँपालिकाका लागि क्षयरोगमुक्त अभियान नेपालकी संयोजक प्रतिमा विष्टले जोखिम समूहको पहिचान, प्रभावकारी परीक्षण तथा उपचार, जनचेतना अभिवृद्धि, स्वास्थ्य सेवा पहुँच विस्तार र सूक्ष्म योजना निर्माणका आधारभूत पक्षहरुबारे जानकारी दिएकी थिइन् । उनका अनुसार, सूक्ष्म योजना निर्माणको क्रममा वडा स्तरीय स्वास्थ्य सेवाको उपलब्धता,जनसांख्यिक विवरण, क्षयरोग सम्बन्धी विवरण सङ्कलन,उपलब्ध स्वास्थ्य जनशक्तिको विवरण तथा क्षयरोगको जोखिम समूहको पहिचानजस्ता विषयलाई प्राथमिकताका साथ समेटिनेछ ।

त्यस्तै कार्यक्रममा वडा सदस्यहरु,गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउत,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरु,स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

संयोजक विष्टका अनुसार सोही कार्यक्रम वडा नम्बर १ मा सम्पन्न भइसकेको छ भने वडा नम्बर ६ मा असार ५ गते सञ्चालन गरिने छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र ओली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी,खडग ओली, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल

सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]