Sidha Patra बुधबार, आषाढ ०३, २०८२

काठमाडौँ । भारतको अहमदाबाद विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरुको डीएनए नमुनाको मिलान प्रक्रिया जारी रहेको छ ।

मंगलबार साँझसम्म १ सय ६३ डीएनए नमुनाको परीक्षण सम्पन्न भइसकेको छ,जसमा १२४ जना मृतकको शव आफन्तलाई बुझाइएको सिभिल अस्पतालका सुपरिटेन्डेन्ट राकेश जोशीले जानकारी दिए । उनका अनुसार रिपोर्ट आइरहेकाले यो सङ्ख्या क्रमशः बढ्नेछ । दुर्घटनाको दिन अस्पतालमा ७१ जना घाइते भर्ना भएका थिए, जसमा ४२ जनालाई डिस्चार्ज गरिसकिएको र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै १२ जुन २०२५ मा एयर इन्डियाको बोइङ ड्रीमलाइनर विमान अहमदाबादबाट लण्डनको गैटविकका लागि उडेको एक मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । २ सय ४२ यात्रु मध्ये २ सय ४१ जनाको मृत्यु भएको र केवल एक जना मात्र चमत्कारिक रूपमा बाँच्न सफल भएका थिए।

यस्तै विमान जमिनमा खस्दा जमिनमै रहेका केही व्यक्तिहरु पनि चपेटामा परेका थिए,जसका कारण मृत्यु सङ्ख्या कम्तीमा २७० पुगेको बताइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र ओली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी,खडग ओली, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल

सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]