सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख मंगलबार, आषाढ ०२, २०८२

दाङ । बङ्लाचुली गाउँपालिका वडा नम्बर–३ लेखटापाका ४४ वर्षीय लुम बहादुर रावतलाई अवैध हातहतियार सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक सोम घर्ती मगरको कमाण्डमा खटिएको प्रहरी टोलीले रावतलाई जेठ २९ गते साँझ ६ बजेतिर पक्राउ गरेको हो । रावतको घरमा खानतलासी गर्दा लुकाइ छिपाइ राखेको अवस्थामा एक नाले भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकारी चक्र बहादुर शाहले जानकारी दिए ।

त्यस्तै पक्राउ परेका रावतलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको शाहले जानकारी दिए । पक्राउ परेका माथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]