
Tgp
Bsn
Rks
Fmb
Gsb
Ppu
Csb
Ssb
Nsb
jsb
Ksb
Ksb
Ssb
Ksb
Rsb
Usb

Gsb
Usb
Hl1
Tsb
Ssb

Nps
ptl
Rgu
दाङ । गढवा उद्योग बाणिज्य संघले स्थानिय उत्पादन,समृद्ध पालिका– उद्योग, पर्यटन र व्वसाय: समृद्धिको मेरुदण्ड भन्ने मूल नाराका साथ असार ३ गतेदेखि प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला, २०८२ सुरुवात गरेको छ ।
बिभिन्न भेषभुषाका संस्कृति झल्कीने झँकी सहितको शोभायात्राले गढवा बजार परिक्रमा पछि संघका अध्यक्ष ओंमप्रकाश बसेलको अध्यक्षतामा सुरुवात भएको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका प्रदेशसभा सदस्य लोका बिकले मेलाको उद्घाटन गरेकि हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बिकले स्थानीय कृषि उत्पादन र पर्यापर्यटनको प्रचारप्रसारमा मेलाले टेवा पुर्याउने बिश्वाँस लिइन् । यो ब्यापार मेलाले कोइलाबासको पुर्नजिवन दिनेगरी यसको प्रचार प्रसार र दुई देशका ब्यवसायीहरु बिच मित्रता कायम गर्न सकोस र आर्थीक गतिविधी पनि चलायमान हुन सकोस उनले भनिन् । देउखुरी क्षेत्र कृषि उत्पादनमा उर्वर भएको र प्रसस्तै पर्यटकीय स्थलले भरीपूर्ण हुँदाहुदै पनि कृषि उत्पादनको बजारीकरण र प्रचारप्रसारको कमिले गर्दा ओझेलमा परेको भन्दै यसलाई मेलाको माध्यमबाट चलायमान गर्न सकिने बताइन् । रात्रीकालिन मेलालाई सभ्य, भब्य र शान्तीपूर्या बनाउन आयोजक र सुरक्षा पक्षले ध्यान दिन सुझाव दिइन् ।
नौं दिनसम्म संचालनमा आउने सन्ध्याकालिन मेलामा गढवा तथा राजपुरमा उत्पादित कृषि जन्य सामाग्रीहरुको प्रर्दशनी तथा विक्रि कक्ष, खसीबोकाको स्टल राखि पशु प्रर्दशनी तथा विक्रि कक्ष,माटोको भाडा प्रर्दशनी तथा विक्रि कक्ष, गढवा र राजपुर क्षेत्रका पर्यटकीय स्थलको जानकारी कक्ष, गड्यौला मल प्रदर्शनी तथा विक्रि कक्ष,सिप मुलक तालीम प्राप्त गरि सकेपश्चात यस क्षेत्रमा खोलीएका विभिन्न उद्योग बाट उत्पादित सामाग्री प्रर्दशनी तथा विक्रि कक्ष समेत राखीने भएको छ ।
झण्डै ५० बढी स्टलहरु रहेको उक्त मेलामा १५ स्टलहरु स्थानीय उत्पादनलाई प्रवर्धन गर्न निःशुल्क उपलब्ध गराइने भएको छ भने ८० हजार बढी दर्शकहरुले मेला अवलोकन गर्ने आंकलन गरिएको संघले जानकारी दिएको छ । मेला स्थलमा दर्शकहरुको स्वास्थ्यलाई मध्यनजर गरी प्राथमिक हेल्थ डेस्क संचालन गरिने र एम्बुलेन्स समेत परिचालन गरिने बताइएको छ ।
मेलाको अवसरमा गढवा क्षेत्रको पर्यटन प्रवर्धनका लागी गढवा भित्र रहेका पर्यटकीय क्षेत्र स–शुल्क प्याकेजमा घुमाउने ब्यबस्था गरिएको छ । राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरु लाई कोईलाबास नाका तथा रामजानकी मन्दिर घुमाउने यस क्षेत्रका पर्यटकीय स्थलको बारेमा जानकारी गराउने गरी कामहरु अघि बढाएको संघले जनाएको छ । मेला अवधिमा पत्रकार, सुरक्षाकर्मी तथा जेष्ठ नागरिक लाई निशुल्क प्रबेशको व्यवस्था गरिएको छ भने स्थानीय उद्योगी ब्यबसायीहरुलाई स्टलमा ४० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । स्थानीय स्तरमा उत्पादित सामाग्रीहरुका लागी नि:शुल्क स्टलको व्यवस्था गरिएको छ ।
त्यस्तै मेला भब्य र शव्य रुपमा संचालन गर्नका लागी ईलाका प्रहरी कार्यालय, नगर प्रहरी गढवा, युवा स्वयंसेवक र सेक्युरेटीको ब्यबस्था गरिएको, सचिवालय बाट मेला स्थलको निगरानी गर्न मेला क्षेत्र भित्र सिसि क्यामेरो ब्यबस्था समेत गरिएको संघले जनाएको छ । मेला समापन भएको ३० दिन भित्र आम्दानी खर्च सार्वजनीक गर्ने छौं । मेला संचालनबाट भएको मुनाफाबाट उद्योगी ब्यबसायीहरुको लागी ब्यबसायीक सुरक्षा कोष पूर्ण रुपमा संचालनमा ल्याउने,बजार क्षेत्रमा अत्याधुनिक सिसि क्यामेरा जडान,सडक बत्ती जडान,गढवा र राजपुरका बजार क्षेत्रमा फोहर मैला व्यवथापन अन्र्तगत डस्टबिनहरु वितरण,यस क्षेत्रका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागी होर्डिङ्ग बोर्डहरु राख्ने मेलाको उद्देश्य रहेको आयोजकले जनाएको छ । मेलालाई भब्य र शब्य रुपमा सम्पन्न गर्नका लागी लाई जनप्रतिनिधिहरु,यस क्षेत्रका उद्योगी ब्यबसायीहरु,राजनितिकदलहरु,संघसंस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरु,सुरक्षाकर्मी साथीहरु,नगर प्रहरीका साथीहरु पत्रकारहरु र सरोकारवालाहरुसँग छलफल गरिसकेका छौं दाङ जिल्लामा भारतसँग सिमा जोडिएको गढवा उद्योग बाणीज्य संघ मात्र भएकोले यस क्षेत्रमा उत्पादित सामाग्री भारत सम्म बजारीकरण होस् भन्ने हेतुले भारतको तुलसीपुरमा रहेको भारतिय ब्यापार मण्डलसँग समन्वय र सहकार्य गरिएको संघले जनाएको छ ।
त्यस्तै कोईलाबास नाकामा प्रचार सामाग्रीहरु ब्याप्त राखीनेछन्,भारत बाट नेपाल आउने पर्यटक लाई सहजताका लागी गढवा गाउँपालिका वडा नं. ८ कोईलाबासको कार्यालय,भन्सार कार्यालय कोईलाबास,शसस्त्र प्रहरी बल कोईलाबास,ईलाका प्रहरी कार्यालय कोईलाबास लगायत सरोकारहरु सँग समन्वय सहकार्य गरिएको छ– अध्यक्ष बसेलले भने ।
मेला उद्घाटन सत्रमा स्थानीय झाँकीहरु प्रदर्शनी गरिएको र उत्कृष्ट हुनेलाई पुरस्कारको ब्यवस्था गरिएको बताइएको छ । मेला अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनेछ, नव प्रतिभाका लागी गढवा आईडल संचालन गरिने भएको छ । मेलामा पार्कीङ,खानेपानी,शौचालयको ब्यबस्था गरिएको अध्यक्ष बसेलले बताए । मेलालाई सफल पार्न सबै क्षेत्रबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको संघले जनाएको छ ।
महोत्सव उद्घाटन समारोहमा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रल, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदी, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त जोसी, प्यूठान जिल्ला उद्योग बाणिज्य संघका महासचिव झवेन्द्र शर्मा, तुलसीपुर ब्यापार मण्डल भारतका अध्यक्ष श्याम अग्रहरी, पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओंमप्रकाश गुप्ता,गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बिरबहादुर आले मगर,राष्ट्रिय जनमोर्चा गढवाका अध्यक्ष कपिलदेव खनाल,जनता समाजवादी पार्टीका अध्यक्ष महबुव अली लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
संघका पूर्व अध्यक्ष रविलाल आचार्यको स्वागत मन्तब्यबाट सुरु भधएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष दुखहरण यादवले गरेका थिए ।

