अवैध क्रसर उद्योगहरु तत्काल बन्द गर्न जेन-जी दाङद्वारा समन्वय समितिलाई ज्ञापन-पत्र

दाङ । अवैध क्रसर उद्योगहरु तत्काल बन्द गर्न जेन-जी दाङले समन्वय समितिलाई ज्ञापन-पत्र बुझाएको छ ।जिल्ला भरका जेन-जी युवाहरुको संयुक्त समूहको तर्फबाट अवैध रुपमा संचालित रहेका क्रसर उद्योग र बालुवा वासिङ उद्योगहरु तत्काल बन्द गर्न माग राख्दै जिल्ला समन्वय समिति दाङलाई मंगलबार ज्ञापन-पत्र बुझाएको हो । जिल्ला समन्वय समिति दाङ घोराहीमा,जिल्ला प्रशासन कार्यालय घोराही,दाङको मिति […]

सञ्चारमन्त्री खरेलद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले गोङ्गबुस्थित नयाँ बसपार्कमा आज निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् । काठमाडौँ उपत्यकाको महत्त्वपूर्ण सार्वजनिक स्थानहरुमा निःशुल्क वाइफाइको पहुँच पुर्‍याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गरेका सञ्चारमन्त्री खरेलले आज नयाँ बसपार्क पुगेर सेवा शुभारम्भ गरेका हुन् । त्यस्तै सो अवसरमा उनले नयाँ बसपार्कसहित काठमाडौँ उपत्यकाको […]

रवि लामिछानेलाई बयानका लागि सिंहदरबारमा ल्याइयो

काठमाडौँ । गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा नख्खु जेलबाट फर्जी कागज बनाएर निस्किएका रवि लामिछानेलाई बनायनका लागि सिंहदरबार ल्याइएको छ । भदौ २३ र २४ को घटनाबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले लामिछानेसँग बयान लिन लागेको हो । त्यस्तै भदौ २४ गते रास्वपाका नेताहरुले सहकारी ठगी प्रकरणमा पुर्पक्षका […]

हुम्लाको विभिन्न स्थानहरुबाट ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद

हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले हुम्लाको विभिन्न स्थानहरुबाट ठुलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएपसी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले विभिन्न स्थानहरुबाट ३५१ कार्टुन अवैध चिनियाँ मदिरा बरामद गरेको हो । चार हजार २१२ बोतल अवैध चिनियाँ मदिरा विभिन्न स्थानहरुबाट बरामद गरको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी […]

तुलसीपुरमा लागुऔषधसहित एकजना युवक पक्राउ

दाङ । लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पुर्वको भुमे गाउँपालिका वडा नम्बर–२,घर भई अहिले तुलसीपुर उपमहानगरपालिका–१७ हेमन्तपुर बस्दै आएका २३ बर्षीय निस्मत गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार घोराही उप–महानगरपालिका–१४ नयाँ बसपार्कस्थित रोल्पा थवाङी शिरिषा होटेलमा लागु औषध ब्राउन सुगरको कारोबार भईरहेको छ भन्ने […]

केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी अबि नारायण काफ्लेलाई

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलाई दिइएको छ । त्यस्तै नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सम्प्रेषण गर्नका लागि काफ्लेलाई मंगलबार केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा सञ्चालन गर्न सकिन्छ:मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने बताएका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रमलाई मंगलबार राप्ती उपत्यका(देउखुरी)मा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएको र समस्या समाधानका लागि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिएका […]

हिंसा भड्काउने अभिव्यक्ति दिने डा.निकोलस भुसाल पक्राउ

काठमाडौं । हिंसा भड्काउने अभिव्यक्ति दिएका डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ ।उनलाई मंगलबार आज गोरखाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । त्यस्तै भुसाल गोरखा नगरपालिका वडा नम्बर–८ स्थित सरस्वती आश्रमबाट पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई गोरखाबाट काठमाडौँ ल्याउँदै छ । भुसालले […]

चिसो भुुईमा रात बिताइरहेका झागु दम्पत्तीलाई आशाका किरण संस्थाद्वारा खाट र म्याट्रेस सहयोग

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले चिसो भुुईमा रात बिताइरहेका एक दम्पत्तीलाई खाट र म्याट्रेस सहयोग गरेको छ । राप्ती गाउँपालिका–५ लठ्ठहवाका झागुप्रसाद चौधरीको परिवारलाई सो सामाग्री सहयोग गरिएकोे हो । विगत ३ वर्षदेखि प्यारालाइसिसका कारण ओछ्यानमै थलिएका चौधरीको शरीरको कुनै भाग नचल्ने, बोल्न मात्र सक्ने र चिसो भुईमा सुत्न बाध्य भएका […]

आज कार्तिक शुक्ल चतुर्दशी,वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व मंगलबार (आज) स्नान, दान, जप,ध्यान गरी मनाइँदै छ । वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप,ध्यान एवं दान गर्दा पुण्य पाइने विश्वास छ । त्यस्तै वैकुण्ठ चर्तुदशीमा भगवान् विष्णुको पूजा गरी रातमा जाग्राम बस्ने गरिन्छ । चतुर्दशीको सम्बन्ध शिव,विष्णु दुवैसित रहेको मानिन्छ । शिवसँग […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]