Sidha Patra मंगलबार, कार्तिक १८, २०८२

दाङ । लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पुर्वको भुमे गाउँपालिका वडा नम्बर–२,घर भई अहिले तुलसीपुर उपमहानगरपालिका–१७ हेमन्तपुर बस्दै आएका २३ बर्षीय निस्मत गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार घोराही उप–महानगरपालिका–१४ नयाँ बसपार्कस्थित रोल्पा थवाङी शिरिषा होटेलमा लागु औषध ब्राउन सुगरको कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

त्यस्तै उक्त होटेलको भुईतलाको १ नम्बर कोठामा शंकाष्पद अवस्थामा बसिरहेका उनलाई खानतलासी गर्दा ब्राउन सुगर १ ग्राम ४५० मिलिग्राम भेटिएपछी बरामद गरिएको प्रहरीले जनाएको छ । अदालतबाट ५ दिनको म्याद थप गरी उनीमाथी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]