
Ppu
jms
Sys
gms
Ssbus
smb
Gsbus

Ln7
kbs
Ssb
Hl1
Tsb
Gg5
Asm
Ln1
Sbs
Ln2
cks
Usb
Rys
Ln9
bml
bmj
Ln8
Ln3
Dps
Gg1

Jab
Jpb
Bpb
Gg2
Sab
ptl
Rgu
Snk
Gg3
Gjl
Gg4
Nps
Sbs
Gg6
Rss
Ksb
Sml
काठमाडौं । हिंसा भड्काउने अभिव्यक्ति दिएका डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ ।उनलाई मंगलबार आज गोरखाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।
त्यस्तै भुसाल गोरखा नगरपालिका वडा नम्बर–८ स्थित सरस्वती आश्रमबाट पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई गोरखाबाट काठमाडौँ ल्याउँदै छ ।
भुसालले कार्तिक १६ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली,पूर्व गृहमन्त्री रमेश लेखक र काठमाडौँको तत्कालीन प्रजिअ छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । सामाजिक सञ्जालमा त्यस्तो अभिव्यक्ति दिएपछि तरुण दलका एक जना कार्यकर्ताले भुसालको समूहलाई प्रतिकारको चेतावनी दिएका थिए । मुठभेट हुन नदिनको लागी भुसाललाई नियन्त्रणमा लिइएको प्रहरी अधिकृतहरू बताउँछन् ।
यस्तै यसअघि २३ असोजमा माइतीघरमा प्रदर्शन गर्न खोज्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो । स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको रिपोर्ट आएपछि उनलाई सुधार केन्द्रमा लैजाने सर्तमा उनका दाजुले जिम्मा लिएका थिए । त्यसपछि पनि उनको विवादित अभिव्यक्ति रोकिएको छैन । जेनजी प्रदर्शनमा ओली,लेखक र प्रजिअले सर्वसाधारणको ‘हत्या’ गरेको अभिव्यक्ति दिँदै भुसालले उनीहरूको घर घेरेर कारबाही गर्ने अभिव्यक्ति दिएका हुन् ।रातोपाटी
