
Pbu
Ggp
Rgp
Rgp
Jns
Usb
Dbs
Lks
Asb
Rgp
lnp
Dus
Lnp
Sgp
Rgp
ksb
Ggp


दाङ । अवैध क्रसर उद्योगहरु तत्काल बन्द गर्न जेन-जी दाङले समन्वय समितिलाई ज्ञापन-पत्र बुझाएको छ ।
जिल्ला भरका जेन-जी युवाहरुको संयुक्त समूहको तर्फबाट अवैध रुपमा संचालित रहेका क्रसर उद्योग र बालुवा वासिङ उद्योगहरु तत्काल बन्द गर्न माग राख्दै जिल्ला समन्वय समिति दाङलाई मंगलबार ज्ञापन-पत्र बुझाएको हो ।
जिल्ला समन्वय समिति दाङ घोराहीमा,जिल्ला प्रशासन कार्यालय घोराही,दाङको मिति २०७८ जेठ ९ गतेको सूचना अनुसार कानुन विपरीत सञ्चालनमा भएका क्रसर उद्योगहरु तत्काल बन्द गर्न जारी गरिएको तर उक्त सूचना कार्यान्वयन नआएकाले,यस परिस्थितिमा पनि कानुन र उद्देश्य विपरीत अवैध रुपमा सञ्चालनमा आइरहेका सबै क्रसर तथा बालुवा उद्योगहरुलाई ( ढुङ्गा गिट्टी तथा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड) २०७७ बमोजिम तुरुन्तै बन्द गर्न ज्ञापन-पत्रमा माग राखिएको छ ।
कार्यालयले मिति २०७७ मंसिर ४ गते कानुन विपरीत सञ्चालन भइरहेका सबै क्रसर उद्योगहरुलाई तत्काल बन्द गर्न निर्देशनसहित पत्राचार गरेको थियो। तर सो निर्देशनको खुलेआम अवज्ञा गरी ती उद्योगहरू आजसम्म पनि सञ्चालनमा रहेको पुष्टि भएको छ।
मिति २०७८ जेठ ९ गते यस कार्यालयले सम्बन्धित निकायहरूलाई यस्ता अवैध उद्योगहरुमा जोडिएका विद्युत्,खानेपानी लगायतका सेवा सुविधाहरु तुरुन्त काट्न,साथै उद्योग र सञ्चालकका बैंक खाता र कारोबार रोक्का गर्न लेखी पठाएको भए पनि हालसम्म कुनै प्रभावकारी कारबाही गरिएको छैन।
नियम उल्लङ्घन गरी चलाइएका यी उद्योगहरु केही व्यक्तिहरुको मिलेमतोमा सञ्चालन भइरहेको स्पष्ट देखिन्छ। यसरी अवैध रुपमा सञ्चालन भइरहेका उद्योगहरुले राज्यको करोडौं रुपैयाँ राजस्व हिनामिना गरिरहेका छन् । यस्तो कार्य कानुनको खुला उपेक्षा र सरकारी निर्णयको ठाडो उल्लङ्घन भएको हुँदा तत्काल बन्द गर्न जेन-जीले माग गरेका छन् ।
जनताहरुले जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयबाट सुव्यवस्था,सुशासन र पारदर्शिता देख्न चाहन्छन् । तर यो माग पूरा नगरिए सरकारप्रति जनआक्रोश फैलिने र पत्रकार, बुद्धिजीवी तथा सचेत नागरिकहरु संगठित भई शान्तिपूर्ण आन्दोलनको कार्यक्रमहरु घोषणा गर्न बाध्य हुने जेन-जी लुम्बिनी प्रदेशका सल्लाहकार सन्देश भण्डारीले बताए ।
