
mbd
Rbs
Gisld
Pbu
Mbdvs
Sds

Asm
Pvg
Rsb
Bbu
Rgu
Hal
nsb
Ssm
Ksm
Sbs
Vor
Wsp
Bbbpu
Ggd
Tsm
Gst
Sls
Rgu
Rgs

Bml
bbt
Mks
Gsb
Ptm
Pls
sab
Abd
Rpp
Jmb
Rmb
Jmb
Syp
काठमाडौं । सञ्चार क्षेत्रमा विवादास्पद गतिविधिका कारण चिनिएका पत्रकार सुरज खड्का र उनी सञ्चालक रहेको अनलाइन ‘एनपीएलप्रेस डटकम’माथि प्रेस काउन्सिल नेपालले कडा कदम चालेको छ ।
काउन्सिलले उक्त अनलाइनलाई औपचारिक सूचीकरणबाट हटाउँदै कालोसूचीमा राखेको घोषणा गरेको छ । काउन्सिलका अनुसार पटक–पटकको चेतावनी र उजुरीलाई बेवास्ता गर्दै आचारसंहिता उल्लङ्घन भएपछि यस्तो निर्णय लिनु परेको हो। अनुगमन अधिकृत महेन्द्रराज सिंहका अनुसार फागुन ८ गतेकै निर्णयअनुसार एनपीएलप्रेसलाई “अवज्ञाकारी” को श्रेणीमा राख्दै कालोसूचीमा सूचीकृत गरिएको हो ।
यससँगै, खड्काको पत्रकारिता परिचयपत्र (प्रेस पास) समेत निलम्बनका लागि सूचना तथा प्रसारण विभागमा औपचारिक पत्राचार गरिएको छ। यसले उनको पत्रकारिता गतिविधिमा थप प्रतिबन्ध लाग्ने संकेत गरेको छ ।
त्यस्तै खड्का पछिल्लो समय थप विवादमा तानिएका थिए । गत आइतबार एमाले प्रदर्शनमा उनले सार्वजनिक रुपमा असामान्य व्यवहार प्रदर्शन गर्दै कार्यकर्तासँग झगडामा उत्रन खोजेको भिडियो सामाजिक सञ्जालमा तीव्र रुपमा भाइरल बनेको थियो । उक्त घटनाले उनको पेशागत आचरणमाथि गम्भीर प्रश्न उठाएको छ ।
यति मात्र होइन,‘एनपीएल प्रेस’ नाम प्रयोग गरी प्रतिष्ठित सञ्चार माध्यमसँग मिल्दोजुल्दो पहिचान बनाउँदै सर्वसाधारणलाई झुक्याउने, विभिन्न विद्यालय,वडा कार्यालय तथा निजी संस्थामा पुगेर दबाब र धम्की दिने आरोपसमेत उनीमाथि लाग्दै आएको छ ।
प्रेस काउन्सिल नेपालले प्राप्त उजुरीका आधारमा खड्काले क्यामेरा बोकेर अनुमति बिना निजी तथा सार्वजनिक कार्यालयमा प्रवेश गर्ने, दुर्व्यवहार गर्ने र पत्रकारिताको नाममा दुरुपयोग गर्ने गरेको निष्कर्ष निकालेको जनाएको छ । यस घटनाले नेपाली पत्रकारितामा अनुशासन, विश्वसनीयता र आचारसंहिताको पालना कति महत्वपूर्ण छ भन्ने पुनः उजागर गरेको छ ।
