नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाइयो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरिएको निगमले जनाएको छ । त्यस्तै निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर १० र बाह्यतर्फ प्रतिलिटर १० […]

लमही ट्राफिक प्रहरीले गर्‍यो ७ हजार ९ सय बढी सवारी माथि कारबाही

दाङ । अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीले ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गरेकोछ । बिगत ८ महिनामा सवारी नियम उलंघन गर्ने विभिन्न ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गर्दा ५० लाख ४१ हजार जरिवाना संकलन भएको अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख महेन्द्र बहादुर चन्दले जानकारी दिएका छन् । आर्थिक वर्ष २०७९/०८० को श्रावणदेखि […]

सुनको मूल्य प्रतितोलामा एक लाख ७ हजार नाघ्यो

काठमाडौं । सुनको मूल्य प्रतितोला एक लाख ७ हजार भन्दा पनि बढी पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला मूल्य एक लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो । त्यस्तै शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुनको मूल्य एक लाख ६ हजार […]

आजदेखि बैंकहरुले घटाएको ब्याजदर लागु

काठमाडौं । बैंकहरूले आज १ चैत गतेदेखि मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर घटाएका छन् । फागुनमा बचतमा ६।४२ देखि ८।४२ प्रतिशत ब्याज दिएका बैंकहरूले चैतदेखि ६ देखि ८ प्रतिशत ब्याजदर कायम गरेका हुन् । त्यस्तै बैंकहरूले रेमिट्यान्स बचत र मुद्दतीमा भने १ प्रतिशत बिन्दुले थप ब्याजदर दिनुपर्ने राष्ट्र बैंकको व्वस्था अनुसार सोही ब्याजदर […]

भालुबाङमा पाँचौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक पर्यटन तथा कृषि महत्सोब सुरु

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा पाँचौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक पर्यटन तथा कृषि महत्सोब शुक्रबारदेखि सुरु भएको छ । उक्त महोत्सवको लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री जानकीप्रसाद यादवले गर्नु भएको हो । महोत्सवको उद्घाटन गर्दै मन्त्री यादवले लुम्बिनी प्रदेश प्राकृतिक सम्पदा, धार्मिक स्थलहरुले भरिपूर्ण रहेको भन्दै आवश्यक प्रचार-प्रसारका माध्यमबाट लुम्बिनीलाई […]

चितवनमा प्रहरीद्वारा १ करोड बढीको हीरा र सुनका गरगहना सहित ३ जना भारतीय पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले एक करोड रुपैयाँ बढी मूल्यको हीरा र सुनका गरगहनासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले बताएका छन् । बहुमूल्य गरगहनाको अवैध ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार बिहानको राति १ बजे डब्ल्यूबी १२ एभी ५५६६ भारतीय नम्बरको लेक्जोन कम्पनीको […]

लमही नगरको बाह्रौ नगरसभा सम्पन्न,पालिकाको ‘प्रतीक चिन्ह’ सार्बजनिक

दाङ । देउखुरीको लमही नगरपालिका बाह्रौ नगरसभा सम्पन्न भएको छ ।लमही नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा सोमबार नगरसभा भएको हो । नगरपालिकाले नगरसभा पश्चात् पत्रकार सम्मेलन गरी चालू आर्थिक बर्ष २०७९/०८० का लागि कुल १ अर्ब २४ करोड ६१ लाख ९८ हजार रकम संशोधन गरि कायम गरिएको जनाएको छ । यो भन्दा अघि पालिकाले कुल […]

रुपन्देहीको देवदहमा संचालित सातौं व्यापारी महोत्सवद्वारा साढे ७ करोड कारोवार

रुपन्देही । रुपन्देहीको देवदहमा संचालित सातौं राष्ट्रिय देवदह उद्योग व्यापार मेला,कृषि तथा पर्यटन महोत्सव करिव साढे ७ करोडको कारोवार गर्दै सम्पन्न भएको छ । उद्योग व्यापार संघको आयोजनामा माघ २६ गते महोत्सव शुरु भएको हो । महोत्सवको समापन कार्यक्रममा सातौं राष्ट्रिय देवदह उद्योग व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव मूल समितिका संयोजक मेघराज ढकालले प्रतिवेदन […]

शहरी मन्त्रालयको योजना लिस्टमा नाका क्षेत्र परेन,बजेट माग भएको छ:अध्यक्ष बुढाथोकी

दाङ । शहरी विकास मन्त्रालयमा राजपुर गाउँपालिकाद्वारा तत्काल माग गरिएको योजना लिस्टमा राजपुर गाउँपालिकाको खोला र २२ वटा नाकाको बस्तीहरु प्राथमिकतामा परेका छैनन् । सोमबार लुम्बिनी प्रदेश सभा सदस्य अनुराग खड्का र राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीद्वारा नेपाल सरकारका शहरी विकास मन्त्री विक्रम पाण्डेलाई राजपुर गाउँपलिकको विकासका लागि माग गरिएको योजनाहरुको नाम लिस्टमा खोला,नाका […]

भालुबाङमा पाचौं राप्ती लुम्बिनी प्रादेशिक कृषि ब्यापार तथा पर्यटन महोत्सव हुने

दाङ । राप्ती गाउँपालिका भालुबाङ स्थित उद्योग वाणिज्य संघ भालुबाङले यही फाल्गुन १९ गतेदेखि चैत्र १ गतेसम्म पाँचौं राप्ती लुम्बिनी प्रादेशिक कृषि व्यापार तथा पर्यटन महोत्सव २०७९ आयोजना गर्ने भएको छ । सो महोत्सव सम्पन्न गर्नको लागि विभिन्न विषयमा जानकारी गराउन आज भालुवाङमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]