
tssbus
Ssbus
Sssbus1
Gsl
Ssbus
Sssbus1
ssbus
Ssbus
Pbu
nsm

nsb
Asm
Ggd
Bbu
Ssm
Vor
Pvg
Tsm
Hal
Rgs
Rgu
Ksm
Gst
Sbs
Wsp
Rgu
Rsb
Bbbpu
Sls

Jmb
Abd
Mks
Bml
bbt
sab
Pls
Gsb
Syp
Ptm
Rpp
Jmb
Rmb
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को कुल बजेटको ८७ प्रतिशत बजेट खर्च गरेको छ । भने १३ प्रतिशत बजेट नआउँदा खर्च हुन नसकेको हो ।
कुल ७२ करोड २२ लाख २४ हजार बजेट मध्ये ८७ प्रतिशत अर्थात ६२ करोड ७३ लाख ४२ हजार ६ सय ४७ रूपैयाँ बजेट खर्च गरेको छ । त्यस्तै ९ करोड ४८ लाख ८१ हजार ३ सय ५२ रूपैयाँ ८५ पैसा खर्च गर्न सकेन । भने १ करोड ५७ लाख ७७ हजार ७९ रूपैयाँ १३ पैसा फ्रिज भएको छ ।
चालू तर्फ कुल ४७ करोड ६९ लाख ३५ हजार मध्ये ४० करोड ६९ लाख २९ हजार अर्थात ८५.३२ प्रतिशत बजेट खर्च भएको राप्ती गाउँपालिका लेखा अधिकृत धनप्रसाद शर्माले जानकारी दिएका छन् । पुँजीगत तर्फ कुल २४ करोड ५९ लाख ३८ हजार रकम मध्ये २२ करोड ३ लाख २१ हजार अर्थात ९० प्रतिशत बजेट खर्च भएको लेखा अधिकृत शर्माले जानकारी दिएका छन् ।
यस्तै संघ र प्रदेशबाट आएको कुल ३३ करोड ११ लाख ५४ हजार ५ सय ५३ रूपैयाँ मध्ये ३१ करोड ५३ लाख ९१ हजार ५ सय ९७ रूपैयाँ अर्थात ९५.२४ प्रतिशत बजेट खर्च भएको छ । भने १ करोड ५७ लाख ६२ हजार ९ सय ५६ रूपैयाँ अर्थात ४.७६ प्रतिशत बजेट फ्रिज भएको लेखा अधिकृत शर्माले जानकारी दिएका छन् ।
