
Ssbus
Sssbus1
Pbu
Sssbus1
ssbus
nsm
tssbus
Ssbus
Ssbus
Gsl

Gst
Asm
Sbs
Rsb
Sls
Pvg
Rgs
Wsp
Vor
Hal
nsb
Ggd
Rgu
Bbbpu
Bbu
Ssm
Tsm
Rgu
Ksm

Jmb
Rmb
Bml
Ptm
Mks
bbt
sab
Abd
Syp
Pls
Gsb
Jmb
Rpp
दाङ । देउखुरीको राजपुर गाँउपालिकाले शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।
गाँउपालिकाको सेवा प्रवाह, सुशासन, जवाफदेहिता, पारदर्शीता लगायतका विषयमा नागरिकले पालिकाका सरोकारवाला प्रतिनिधि,कर्मचारीले सवाल जवाफ गरि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
आर्थिक बर्ष ०७९/०८० मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम बिधिवत रुपमा आयोजना गरि सम्पन्न भएको छ । राजपुर गाँउपालिकाको आयोजना र सामुदायीक रेडियो साझा आवाज ८८.३ मेगाहर्जको सहजीकरणमा सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले गाउँपालिका संघ र प्रदेशबाट खटिएका कर्मचारीहरुलाई गाउँपालिकाका जनप्रतिनिधिले चाहेर पनि हटाउन नमिल्ने र पालिकाले करारमा राखेका कर्मचारीहरुबाट केही त्रुटी भेटिएमा कारबाही गर्न सकिने बताउनु भयो । तर संघ र प्रदेशद्वारा खटिएका कर्मचारीले आफ्नो मनोमानी गर्न समेत नमिल्ने बताउनु भयो । त्यस्तै उहाँले आफू निर्वाचित भएर आएको १३ महिना भित्र हरेक नागरिकका गुनासोका आधारमा आफुले काम गर्दै आएको बताउनु भयो ।
यस्तै उपाध्यक्ष धनपती देवी यादवले हरेक योजनाका कामहरु वडाको सिफारिस र अनुगमन गरेर मात्र भुक्तानी दिने गरेको बताउनु भयो । यसैगरी न्यायक समितिबाट गुनासो र मुद्दाका आधारमा आफुले न्याय सम्पादन गर्ने गरेको कार्यक्रममा बताउनु भयो ।
राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा
प्रमुख प्रशासकीय अधिकृत बिष्णु कुमार पाण्डेले आर्थिक वर्ष २०७९/०८० मा विनियोजित भएको कुल ६० करोड ५ लाख ९३ हजार ७ सय ९१ मध्य असार मसान्तसम्म कुल निकासा प्राप्त रकम ५२ करोड ६८ लाख १ हजार ८ सय ६७ मध्य जम्मा खर्च ४० करोड ८७ लाख ५७ हजार ३ सय ७५.६४ भइ जम्मा निकासा ७८ प्रतिशत मात्र खर्च भएको जानकारी दिनु भयो ।
त्यस्तै उहाँले अहिले पालिकाबाट स्वास्थ्य,शिक्षा, कृषि,बाटोघाटो लगायत विभिन्न क्षेत्रमा सरोकारवाला निकायसंग सहकार्य एवं समन्वय गरेर काम गरिरहेको बताउनु भएको छ । यस्तै राजपुर गाउँपालिका दाङ जिल्लाको १० वटा पालिका मध्य धेरै दुर्गम र विकट रहेकोे हुँदा सम्बन्धित सरोकारवाला निकायलाई अझै धेरै साथ सहयोग गर्न अनुरोध गर्नु भयो ।
यसैगरी उक्त कार्यक्रममा स्थानीय नागरिकबाट स्थानीय सरकारले दिदै गरेको सेवा र सुविधा सम्बन्धि संकलित रायहरुको प्रस्तुत रेडियो साझा आवाजका स्टेसन म्यानेजर दुखहरण यादवले गर्नु भएको थियो ।
कार्यक्रममा नागरिकले उठाएका प्रश्नको जवाफ राजपुर गाँउपालिकका अध्यक्ष शरद कुमार बुढाथोकी, उपाध्यक्ष धनपति देवि यादव, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डे,लेखा अधिकृत भरमणी पोख्रेल,सामाजिक विकास संयोजक तथा वडा नम्बर २ का वडा अध्यक्ष ओम प्रकाश यादव,वडा नम्बर ५ का वडा अध्यक्ष टंक विष्ट,शिक्षा शाखा प्रमुख केशव लम्साल लगायतले प्रतिबद्धता सहित सहजीकरण गर्नु भएको थियो।
त्यस्तै उक्त कार्यक्रममा राजपुर गाउँपालिका भित्र सर्वोत्कृष्ट राष्ट्र सेवक कर्मचारीको पुरस्कार कम्प्युटर अपरेटर महेश कुमार शर्मालाई नगद २५ हजार सहित दोसल्ला र सम्मानपत्र मार्फत सम्मान गरिएको थियो भने पालिका भित्र उत्कृष्ट राष्ट्रसेवक कर्मचारी पुरस्कार शिव शक्ति माध्यमिक विद्यालय राजपुर-७ भौवा नाकाका प्रधानाध्यापक लिलाधर वि.क., सामुदायिक स्वास्थ्य इकाई सिक्टाकी खुमा वली, पालिकाका पाले कान्सा चौधरीलाई नगद १० हजार र दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी,मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र,सिपी नेपाल,दक्षिण देउखुरी अधिकार मंच,कर्म हेल्थ,ग्रामिण महिला तथा उत्थान केन्द्र र हेफर प्रोजेक्ट नेपाल (साझेदारी)स्ट्रोम फाउन्डेसनलाई पालिकाले सम्मान गरेको थियो ।
त्यस्तै गाउँपालिकाको सभा हलका लागि जग्गा उपलब्ध गराउने समाजसेवी एवं बुद्धिजीवी पूर्ण बहादुर चौधरी र वडा नम्बर ४ मा गाउँघर क्लिनिकका लागि जग्गा उपलब्ध गराउने स्वास्थ्य कर्मी शिव कुमार यादवलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस राजपुर गाउँपालिका सभापति नरेन्द्र सिंह भण्डारी,नेकपा एमाले राजपुर गाउँपालिका अध्यक्ष हेम कुमार जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती देवी यादवको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रमको संचालन पत्रकार छवि पुरीले गर्नु भएको थियो ।
भिडियो कार्यक्रमका लागि sidha patra online t.v सर्च गरेर हेर्नु होला ।
