अनिल खत्री/गुल्मी शनिबार, भाद्र ०९, २०८०

गुल्मी । गत वैशाख अन्तिम साताबाट व्यवसायिक उडान शुरु गरेको गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा २ महिना यता उडान अबरुद्ध हुँदै आएको छ ।

हप्ताको २ दिन बुधवार र शुक्रवार उडानको अनुमति पाएको विमानस्थलमा जेठको अन्तिम साता पछि मौसम खराबको कारण उडान हुँन सकेको छैन् । पछिल्लो पटक गत असार ६ गते बुधवार काठमाडौंबाट रेसुङ्गा विमास्थलका लागि छुटेको जहाज मौसम खराबको कारण बिच बाटोबाटै काठमाडौं फर्किएको थियो । त्यसपछि रेसुङ्गा विमानस्थलबाट उडान हुन सकेको छैनन् । रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान गर्दछ । रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान गर्ने समय तालिका रहेको छ । तर उडान गर्ने बिहान समयमा विमानस्थलमा बादल लाग्ने गर्नाले उडान गर्न समस्या हुँदै आएको रेसुङ्गा विमानस्थलका वरिष्ठ अधिकृत तथा एयर ट्राफिक कन्टोलर अस्मिता बस्नेतले बताउनुभयो । भदौ महिनामा पनि नियमित वर्षात भइरहेकाले मौसम उडान गर्न समस्या हुँदै आएको उहाँको भनाइ छ । रेसुङ्गा विमानस्थलमा बिहानी समयमा मात्रै उडानको लागि उपयुक्त हुने प्राधिकको निष्कर्ष रहेको छ । दिउँसको समयमा हावा चल्ने भएकाले उडान गर्न समस्या हुने गर्दछ ।

त्यस्तै रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ लाग्नेछ । त्यस्तै काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्म ६ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । विमानस्थलबाट १८ सिट क्षमताको जहाजले उडान गर्ने गर्दछ । काठमाडौंबाट रेसुङ्गा विमानस्थल सम्मको दुरी ५० मिनेटको रहेको छ ।

यस्तै विमानस्थलबाट नियमित जहाज चल्दा टिकट पाउनै मुस्किल पर्ने गरेको थियो १५ जनाको टिकटका लागि करिब ६० जना सम्मको माग थियो । शुरुमा हप्ताको एक दिन उडान गरेको विमानस्थलबाट यात्रुको चापका कारण एक दिन थप गरेर दुइ दिन उडान गर्न थालिएको थियो । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ । जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ मिलोमिटर कच्चीबाटो पटि विमानस्थल पुग्न सकिन्छ । गुल्मीबाट काठमाडौंसम्म गाडीको यात्रा झण्डै १३ देखि २२ घण्टासम्म यात्रा गर्नुपर्ने अवस्थामा रहेको छ । वर्षातको समयमा त झनै कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था यहाँका नागरिकहरुलाई छ ।

व्यवसायिक उडान सुरुहुनुले अब जिल्लामा पर्यटकहरु पनि भित्रिने यहाँका व्यवसायिहरु आशा गरिएको थियो । विमानस्थलमा गत वैशाख १५ गते नेपाल एयरलाइन्सको १८ सिट क्षमताका जहाजले परिक्षण उडान गरेको थियो । त्यसपछि वैशाख २९ गतेबाट व्यवसायिक उडान शुरु गरेको थियो । ०६३ सालमा रेसुङ्गा विमान स्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक नागरिक उड्डयन मन्त्री प्रदीप ज्ञवालीले गर्नु भएको थियो । तर ०६३ सालमा शिलान्यास भएपनि विमानस्थलको निर्माणको काम २०७२ पछि मात्र सुरु भएको थियो । रेसुङ्गा विमान स्थल धावनमार्गको ५ सय २० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ । १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिकरण गरिएको थियो ।

त्यस्तै विमानस्थलमा हालसम्म निर्माणमा करिव ३५ करोड खर्च भईसकेको छ । रेसुङ्गा विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरि १४ घर बस्ति बिस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरि गरिएको छ । विमानस्थलबाट गुल्मी जिल्लासंगै जोडिएका जिल्लाहरु अर्घाखाँची, प्यूठान, बाग्लुङ्ग, पाल्पा र स्याङजा जिल्ला सम्मका नागरिकले सेवा लिन सक्ने छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]