भानु जोशी/लमही बिहिबार, साउन २५, २०८०

दाङ । सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर हेड क्वाटर ज्वालामाई गण भालुवाङले बाह्र लाखको अवैध कपडा बरामद गरेको छ ।

बुधबार आज बिहान ६ बजे राप्ती गाउँपालिका वडा नम्बर १ ठेहेरी खोलामा गणको नवराज खत्रीको कमाण्डामा खटिएको मोबाइल गस्ती टोलीले पूर्वपश्चिम लोकमार्ग स्थित पोखराबाट तुलसीपुर तर्फ जादैँ गरेको ग १ ख ९८७० नम्बरको बसबाट १२ लाख २३ हजार ८ साय ९० रुपैयाँ बराबरको अवैध कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर हेडक्वाटर ज्वालामाई गण भालुवाङ्का प्रमुख गोपाल श्रेष्ठले जानकारी दिनु भयो ।

त्यस्तै उहाँका अनुसार अवैध रुपमा भन्सार छली लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा विशेष सूचनाका आधारमा सामान बरामद गरिएको हो । बरामद सामानमा पाइन्ट सुट ५१ थान, लेडिज सुट २ सय ३२ पिस, बुलाउज सुट एक सय ६ थान र सुतिका कपडा एकसय १२ थान अवैध कपडा रहेका छन् । पक्राउ गरि नियन्त्रणमा ल्याइएको अवैध कपडा आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले राजश्व कार्यालय बुटवल रुपन्देही पठाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]