
lnp
Rgp
ksb
Asb
Sgp
Dus
Ggp
Jns
Rgp
Lks
Usb
Lnp
Rgp
Ggp
Rgp
दाङ । नेपाल आयुर्वेद चिकित्सक संघ,लुम्बिनी प्रदेशले २६ औं वार्षिक उत्सव दाङको विजौरीमा सम्पन्न गरेको छ । नेपाल आयुर्वेद चिकित्सक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष डाक्टर देबराज के.सी.को अध्यक्षता एबम् नेपाल आयुर्वेद चिकित्सा परिषदका अध्यक्ष डा. सन्तोष कुमार ठाकुरको प्रमुख आतिथ्य र केन्द्रिय आयुर्वेद विद्यापीठ वेलझुण्डीका क्याम्पस प्रमुख प्राध्यापक डाक्टर राम चन्द्र अधिकारीको विशिष्ट आतिथ्यमा सम्पन्न […]
दाङ । देउखुरीको गढवा गाउँपालिकालाई मंगलबार एक कार्यक्रमकाबिच पूर्णखोप सुनिश्चित गाउँपालीका घोषणा गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको अध्यक्षता र दाङ जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका बिच गढवा गाउँपालिकालाई पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्दै पालिकालाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो […]
दाङ । नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य प्रकाश श्रेष्ठले संसार देखाउने आँखा जस्तो महत्वपूर्ण अंगलाई सरसफाईमा ध्यान दिनु पर्ने तथा जोगाएर राख्नु पर्ने बताउनु भयो । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा दाङले शनिबार व्यवसायीहरुका लागि आयोजना गरेको एक दिने आँखा सम्बन्धि तालिमको उद्घाटन गर्दै केन्द्रीय सदस्य श्रेष्ठले सो कुरा बताउनु भएको हो । […]
दाङ । लमही आँखा अस्पतालमा आँखाको शल्यक्रियाका लागि आधुनिक अपरेटिंग माइक्रोस्कोप मेसिन खरिद गरिएको छ । लमही आँखा अस्पताल र लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको लागत साझेदारीमा अपरेटिंग माइक्रोस्कोप खरिद भएको सामाजिक परिक्षण कार्यक्रमको आयोजना गरि जानकारी गराइएको हो । खरिद तथा गुणस्तर निर्धारण समितिका संयोजक रेशम बहादुर खड्काको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख तथा […]
दाङ । राप्ती आँखा अस्पतालमा कर्नियल टोपोग्राफि मेसीन खरिद गरिएको छ । राप्ती अस्पताल र लुम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको लागत साझेदारीमा सो मेसीन खरिद गरिएको हो । लुम्विनी प्रदेश सरकार,स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरुको सुदृढिकरण ( स्वास्थ्य साझेदारी) कार्यक्रम अन्तर्गत अस्पतालको सेवा सवलिकरणको लागि आर्थिक वर्ष २०७९÷८० मा २४ लाख अनुदान दिएको थियो । जसमा […]
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत तहका अस्पतालहरुमा रहेका कर्मचारीलाई आफैँ तलब खुवाउन निर्देशन दिएको छ। मन्त्रि स्तरीय निर्णयका आधारमा मन्त्रालयले मंगलबार ७५३ वटै स्थानीय तहहरुलाई ७ बुँदे परिपत्र जारी गर्दै आधारभूत तहका अस्पतालको व्यवस्थापन आफैँ गर्न भनेको हो। आउँदो आर्थिक वर्ष २०८०/८१ देखि आधारभूत अस्पतालका कर्मचारीको जिम्मेवारीबाट अर्थ मन्त्रालयले हात झिकेको जानकारी गराउँदै […]
दाङ । मानव स्वास्थ्यमा एण्टिबायोटिक औषधिले निकै असर पुरयाउने बिषयमा शुक्रवार देउखुरीको लमहीमा पत्रकारहरुसंग सचेतनामूलक कार्यशाला सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युएसएआइडी को संयुक्त साझेदारीमा लमहि स्थित सिद्धार्थ होटलमा आयोजित कार्यक्रममा मिडिया मार्फत एण्टिबायोटिक औषधिको असरका बारेमा आम नागरिकहरु समक्ष सचेतना प्रबाह गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ९ खुङ्कुट्टी निवासी ७५ वर्षीया लिला देवी बैमा मगर उच्च रक्तचाप,मधुमेह लगायतका विभिन्न दीर्घराेगबाट पीडित भएको धेरै वर्ष भयो । उहाँ यस अघि सामान्य चेकजाँच गर्न साेही वडाकै देविकाेटमा रहेको स्वास्थ्य इकाईमा जाने गर्नुहुन्थ्यो भने उहाँलाई थप चेकजाँच र उपचारका लागि घण्टाै पैदल हिडेर देउखुरीका विभिन्न सरकारी तथा प्राइभेट […]
दाङ । देउखुरीको लमही नगरपालिकाले पशुहरुको लागि नि:शुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । पालिका अन्तरगतका प्रत्यक वडामा पशुहरुको बाँझोपन उपचार तथा स्वास्थ्य चेकजाँचका लागि शुक्रबारबाट शिबिर नै सञ्चालन गरिएको लमही नगरप्रमुख जोगराज चौधरीले बताउनु भयो । उहाँले क्रमश प्रत्यक वडाहरुमा शिबिर चलाईने जानकारी दिनु भयो । पशु पालक कृषकहरुको सहजताका लागि शिबिर सञ्चालन गरिएको […]