
Rgp
Lnp
Srbpu
pku
Ggp
Gfs
sbs
Pbu
Pes
Unsku
Sgr
Rgp1
Djs
cjs

Rgu
Ggd
Hal
Ssm
Tsm
Gst
Pvg
nsb
Rgs
Bbbpu
Vor
Ksm
Wsp
Rgu
Rsb
Bbu
Sbs
Sls
Asm

Jmb
bbt
Gsb
Jmb
Bml
Syp
Pls
Mks
sab
Rmb
Abd
Ptm
Rpp
प्युठान। प्युठान जिल्लामा सर्पदंश उपचार केन्द्र संचालनमा आएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका -९ लामाचौरमा स्थापित सर्पदंश केन्द्र शनिबारदेखि सञ्चालनमा ल्याइएको हो।
कुल ६६ लाख ५० हजार रुपियाँको लागतमा सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्रको आईतवार एक समारोहका बिच प्रदेश सासंद तुल्सिराम शर्माले उद्घाटन गरेका हुन ।
नगर प्रमुख टेकप्रसाद भण्डारीले नेपाली सेनाको प्राविधिक सहयोग र नगरपालिकाको व्यवस्थापनमा केन्द्रको सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार सर्पदंशका बिरामीको उपचार गर्नका लागि केन्द्रमा स्वास्थ्यकर्मीसहित आवश्यक औषधि र उपकरणको व्यवस्था गरिएको छ। विरामीको उपचारका लागि आकस्मिक कक्षमा २ सहित चार वटा बेड राखिएको छ ।
त्यस्तै जिल्लामा यसअघि सर्पदंशको घटना हुँदा कपिलबस्तु,बुट्वल तथा नेपालगंजसम्म लैजानुपर्ने बाध्यता थियो । लामाचौरमा उपचार केन्द्र सञ्चालनमा आएपछि प्युठानसहित छिमेकी रोल्पा, गुल्मी र अर्घाखांची जिल्लाका स्थानिय लाभान्वित हुने छन्। केन्द्र सञ्चालनका लागि जिल्लाका नौ वटै स्थानिय तह र सरोकारवालाले सहयोगको प्रतिबद्धता जनाएको नगरपालिकाले बताएको हो।
उक्त कार्यक्रममा जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसि,उपप्रमुख दुर्गा रेग्मी,माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसन,गौमुखी गाउँपालिका अध्यक्ष विष्णु गिरि,सरुमारानी गाउँपालिका उपाध्यक्ष बसन्ता खडका,प्रमुख जिल्ला अधिकारी मदन कोइराला लगायतले मन्तव्य राख्दै उपचार केन्द्रको निरन्तरताका लागी हरेक क्षेत्रबाट सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए ।
