
Sgr
Pbu
Lnp
sbs
Rgp1
pku
Rgp
Gfs
cjs
Unsku
Djs
Srbpu
Pes
Ggp

Ksm
Rgu
Rsb
Sls
Gst
Tsm
Hal
Ssm
Bbbpu
Pvg
Wsp
Ggd
Vor
Bbu
Asm
Sbs
Rgu
nsb
Rgs

Rmb
Gsb
Jmb
sab
Ptm
Pls
Abd
Jmb
Mks
Syp
Bml
bbt
Rpp
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा पहिलो पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
स्वाभिमान युवा क्लब गढवा-१ कालाकाटेले आयोजना गरेको रक्तदान कार्यक्रम २७ जनाले रक्तदान गर्नु भएको छ।
गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा रक्त सञ्चार सेवा केन्द्र लमही दाङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । स्वाभिमान युवा क्लबको आयोजना एवं नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाकाको सह आयोजनमा शनिबार गढवा-१ कालाकाटेमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
स्वाभिमान युवा क्लबका अध्यक्ष ऋषिराम पोख्रेलको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारी र नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादवको बिशिस्ट आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रक्तदान कार्यक्रममा रक्तदान पछी कार्यक्रमलाई सम्बोधन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले स्वाभिमान युवा क्लबको सरहनिय कामको खुलेर प्रशंसा गर्नु भयो । मानव जिवनको रक्षाका लागि क्लवले गरेको काम नमुना काम भएको बताउनुभयो। रगतको अभाव हुन नदिन, मानव सेवामा समर्पित रक्तदान लगाएतकाको अन्य काम पनि क्लबसंग सहकार्य गर्दै जाने बताउनुभयो। समग्र गढवा गाउँपालिकाको बिकाशको पालिकाले बिभिन्न संघ संस्था, क्लबहरु लगायत संग सहकार्य गर्न चाहेको बताउदै आगामी दिनहरूमा पनि सहकार्य गर्दै अघि बढ्ने बताउनु भयो ।
त्यसैगरी कार्यक्रम बोल्दै कार्यक्रमका बिशिस्ट अतिथी तथा गढवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बाबुराम अधिकारीले रगत अभाव हुन नदिन रक्तदान गर्नुपर्ने बताउदै स्वाभिमान युवा क्लबले आयोजना गरेर रक्तदान कार्यक्रम सम्पन्न गर्नु आफेमा खुसीको कुरा भएको बताउनु भयो । ‘रक्तदान नै जीवन दान हो’, उहाँले भन्नु भयो, ‘रक्तदानमा युवाहरूको सहभागिता महत्त्वपूर्ण, प्रशंसा योग्य छ। ’
त्यसैगरी कार्यक्रम बोल्दै बिशिस्ट अतिथी तथा नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादवले युवाहरू परिवर्तनको सम्वाहक भएकाले सामाजिक काममा लाग्नुपर्ने र रक्तदान कार्यक्रमलाई निरन्तरता दिइनुपर्ने बताउनुभयो ।

