
pku
sbs
cjs
Rgp
Pes
Srbpu
Unsku
Pbu
Sgr
Rgp1
Ggp
Djs
Gfs
Lnp

Sbs
Ksm
nsb
Rgu
Asm
Gst
Vor
Bbbpu
Rgs
Rsb
Wsp
Pvg
Tsm
Ssm
Ggd
Sls
Rgu
Bbu
Hal

Bml
Ptm
Rpp
bbt
Syp
Rmb
Jmb
sab
Pls
Abd
Gsb
Mks
Jmb
दाङ । देउखुरीको भालुवाङमा स्वास्थ्य पुनर्स्थापना पुनस्र्थापना सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजना एवम् लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो ।
महासंघका कोषाध्यक्ष अजय कुमार शर्माको अध्यक्षता एवम् स्वास्थ्य मन्त्रालयका सचिव डा.जर्नाधन पन्थीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य मन्त्रालयको तर्फबाट स्वास्थ्य पुर्नस्थापना सम्बन्धि सम्पादित कार्यक्रमबारे जानकारी र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका व्यवस्थापक धिरेन्द्र विश्वकर्माले पुर्नस्थापना सेवालाई प्रकावकारी कार्यान्वयनका लागि सुझाव सहितको प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका बामदेव शर्मा, भौतिक पुर्वधार विकास मन्त्रालयकी सुभद्रा गौतम, सामाजिक विकास मन्त्रालयका दिवाकर भण्डारी, राष्ट्रिय अपाङ्ग महासंघका पुर्व केन्द्रिय सदस्य चिन्तामणी पौडेल, सामाजिक विकास महाशाखाकी कमला पौडेल र योजना अध्यक्ष मेघराज पौडेल लगायतकाले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन महासंघका प्रदेश परियोजना अधिकृत शिव घर्ती मगरले गरेका थिए ।
