
Sgr
Rgp1
Unsku
Rgp
Ggp
Lnp
pku
Pbu
Srbpu
काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रको गतिविधिमा संलग्न हुनका लागि महिनामा पाँच दिन सम्म समय दिइने भएको छ । शुक्रबार आज सभामुख देवराज घिमिरेको आमन्त्रणमा सिंहदरवारमा बसेको सबै राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुको बैठकले यस्तो निर्णय लिएको हो । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार बैठकमा सभामुख घिमिरेले प्रस्तावित संसदीय क्यालेन्डर […]
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले क्षयरोग थाहा पाउन प्रत्येक घरघरमा पुगेर बिरामी पहिचान गरी रोग निर्मुल पार्न सुरु गरिएको अभियानलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा आज आयोजित ‘क्षयरोग मुक्त नेपाल अभियान’अन्तर्गत दोस्रो चरणको कार्यक्रमको शुभारम्भ गर्दै उनले रोग उन्मूलन गर्न सर्वप्रथम रोग थाहा पाउनुपर्ने बताएका हुन् । “क्षयरोग […]
काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन हप्ता दिउँसो बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि फेरि तीन हप्ता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो। त्यस्तै थप तीन हप्ता सडक बन्द गरेर काम गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाकास्थित गौरिशंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जगेन्द्र रानाको प्यानल विजयी भएको छ । बुधबार भएको विद्यालयक निर्वाचनबाट निर्वाचित हुनेमा अध्यक्ष जगेन्द्र राना,सदस्यहरु गौसरी खड्का, प्रदिप विक,सुनमाली कँवर,मिना विक,बालाराम गिरी रहेका छन् । निर्वाचनमा कुल ९३ मतदाता मध्ये ८१ मत खसेको थियो । जगेन्द्र रानाको प्यानलको […]
दाङ । तुलसीपुरको एक सुनचाँदी पसलमा आगलागी भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ‘क’ लाइन स्थित बाणिज्य बैंक बसेको तल्लो तलामा रहेको न्यू नेपाल सुनचाँदी पसलमा बेलुका ७ बजेतिर आगलागी भएको हो । उक्त आगो पौने ८ बजेतिर दमकल, स्थानीय बासिन्दा, सुरक्षाकर्मीको प्रयासमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी […]
दाङ । लुम्बिनी प्रदेशले माघ २१ गते सार्वजनिक बिदा प्रदान गरेको छ । प्रदेश स्थापना दिवसको अवसरमा सो दिन बिदा प्रदान गरिएको हो । त्यस्तै सोही दिन प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती उपत्यका कार्यक्रम गरि दिवस मनाउन लागेको जनाएको छ । यस्तै २०७४ साल माघ २१ गतेका दिन लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको थियो । […]
दाङ । देउखुरीको गढवा स्थित दुर्गा आधारभूत बिद्यालयले बिहिवार बिविध कार्यक्रमका साथ ३५ औं बार्षिकोत्सव मनाएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मोहनलाल रानाको अध्यक्षतामा सुरु भएको बार्षिकोत्सव समारोहको समुद्घाटन गढवा गाउँपालिकाका प्रमुख यमनारायण शर्मा पोखे्रलले गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखे्रलले गढवा गाउँपालिकाले सबै सरकारी बिद्यालयहरुको पठन–पाठनको गुणस्तर बृद्धि गर्न बिभिन्न योजनाहरु […]
सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । यस्तै मृत्यु हुनेमा कुमाख गाउँपालिका वडा नम्बर ६ बडागाउँका १९ वर्षीय जनक विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बागचौर नगरपालिका वडा नम्बर ८ कोटमाैलाको भित्री सडक खण्डमा रा १ त ३८५७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर विकको मृत्यु […]
दाङ । देउखुरीको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले रचनात्मक सल्लाह सुझावको अपेक्षा गरेको बताउनु भएको छ । जेष्ठ नागरिकको हक हितका लागि नगरपालिका सधै सकारात्मक छ, उहाँहरुको सम्मानका लागि विभिन्न कार्यक्रम गर्दै जाने उहाँले बताउनु भयो । लमही नगरपालिकाले आजसम्म केही गरेन भनेर सामाजिक संजाल रंगाउनु भन्दा सकारात्मक सल्लाह सुझाव दिन सबैमा आग्रह गर्नु भयो […]