
Rgp1
Ggp
Lnp
Srbpu
Unsku
Sgr
Pbu
Rgp
pku

Sls
Rsb
Asm
Sbs
Gst
Ssm
Pvg
Rgu
Tsm
Hal
nsb
Rgu
Ksm
Wsp
Bbu
Rgs
Ggd
Bbbpu
Vor

Pls
Gsb
Jmb
Bml
Abd
Jmb
Rmb
Rpp
Ptm
Mks
bbt
sab
Syp
काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन हप्ता दिउँसो बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि फेरि तीन हप्ता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो।
त्यस्तै थप तीन हप्ता सडक बन्द गरेर काम गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार अब अन्तिम पटकका लागि तीन हप्ता सडक बन्द गरेर काम गर्न लागिएको हो । यसअघि गएको पुस ७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम हुँदै आएको थियो । त्यतिबेला तीन हप्ता भनेर काम थाले पनि नसकिएपछि अर्को तीन हप्ता थप भएको थियो ।
यस्तै दोस्रोपटक थपिएको तीन हप्ताको म्याद भोलि सकिँदैछ । यस अवधिमा पनि काम नसकिएपछि फेरि अर्को तीन हप्ता दिउँसो चार घण्टा ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गर्न लागिएको हो । काठमाडौं बाहिरिने र भित्रिने मुख्य मार्गको रुपमा रहेको यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी गाडी आवतजावत गर्छन् ।
