सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । यस्तै मृत्यु हुनेमा कुमाख गाउँपालिका वडा नम्बर ६ बडागाउँका १९ वर्षीय जनक विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बागचौर नगरपालिका वडा नम्बर ८ कोटमाैलाको भित्री सडक खण्डमा रा १ त ३८५७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिनु भयो ।
त्यस्तै गाई,वस्तुको मल बोकेको ट्याक्टर अनियन्त्रित भएर पल्टिंदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।