
Sgr
Lnp
Djs
Pes
Unsku
pku
Pbu
Gfs
Srbpu
sbs
Rgp1
Ggp
Rgp
cjs

Hal
Gst
Ksm
Ssm
Bbbpu
Rgs
Sbs
Sls
Tsm
Rgu
Ggd
Bbu
Pvg
nsb
Rgu
Rsb
Vor
Wsp
Asm

Rmb
Ptm
Pls
Rpp
sab
Jmb
Abd
Jmb
Syp
bbt
Bml
Gsb
Mks
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले क्षयरोग थाहा पाउन प्रत्येक घरघरमा पुगेर बिरामी पहिचान गरी रोग निर्मुल पार्न सुरु गरिएको अभियानलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा आज आयोजित ‘क्षयरोग मुक्त नेपाल अभियान’अन्तर्गत दोस्रो चरणको कार्यक्रमको शुभारम्भ गर्दै उनले रोग उन्मूलन गर्न सर्वप्रथम रोग थाहा पाउनुपर्ने बताएका हुन् ।
“क्षयरोग निर्मुलका लागि तीन वर्षअघिदेखि सुरु भएको यो अभियानमा यस वर्ष थप एक सयवटा पालिका थपिएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीबाट सुरु भएको यो अभियानमा प्रत्येक घरघरमा पुगेर क्षयरोगका बिरामी पहिचान गरी निर्मुलमा ध्यान दिन आग्रह गर्दछु । रोगको निदानका लागि जनचेतना नै महत्वपूर्ण हो, यसका लागि सरकारका तीनै तह एक आपसमा मिलेर काम गर्नुपर्छ”, मन्त्री बस्नेतले भने ।
मन्त्री बस्नेतले रोग लागेपछि औषधि उपचार गर्नेभन्दा पनि जनचेतना जगाएर रोग नै लाग्न नदिने कुरामा ध्यान दिनुपर्नेमा जोड दिनुहुँदै कुपोषणको सिकारबाट नागरिकलाई बचाउन ध्यान दिनुपर्ने बताए । उनले क्षयरोग निर्मुलका लागि सङ्घीय र प्रादेशिक सरकारभन्दा स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुन्छ भन्ने प्रष्ट पारे । नेपालले भ्याक्सिन मागेर भए पनि कोभिडका विरुद्धमा लडेर विजय प्राप्त गरेको बताउँदै उनले यसका लागि लाग्ने सबैलाई धन्यवाद दिए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता मिश्र कौशलले मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत क्षयरोगबाट हुने गरेको बताउँदै समुदायको सहभागितामा यसको निर्मुल सम्भव छ भन्ने धारणा राखिन् । उनले क्षयरोगको निदान गर्न उपचारका लागि निरन्तर लगानी वृद्धि आवश्यक छ भन्नुहुँदै स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि पनि विभागले निरन्तर काम गर्ने बताइन् । क्षयरोग निर्मुलका लागि गैरसरकारी संस्था, समुदाय, सञ्चार क्षेत्रको साझेदारी आवश्यक रहेको बताउँदै उनले यो महत्वपूर्ण भएको र समाजमा विभेदको स्थितिको अन्त्यका लागि सामाजिक जागरण पनि चाहिने धारणा राखिन् ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा.प्रज्वल श्रेष्ठले अभियानका विषयमा प्रस्तुतीकरण गर्नुहुँदै प्रतिवर्ष दुई सय २९ जना क्षयरोगका बिरामी भेटिने गरेको तथ्याङ्क प्रस्तुत गरे । यो रोग निर्मुलका लागि स्थानीय तहलाई जिम्मेवार बनाएर रोगको पहिचान गरी उपचारको दायरामा ल्याउने उद्देश्य रहेको बताउँदै उनले बागमती, मधेस र लुम्बिनी प्रदेशमा क्षयरोगका बिरामी बढी देखा परेको बताए ।
चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले यो अभियानलाई स्थानीय तहको नीति, योजना, बजेट र कार्यक्रममा प्राथमिकतामा राखेर सहयोग गरिने प्रतिबद्धता जनाए । रासस
