
Bksbus5
gms
Pbu
Jsbus
Csbus
Ssbus
Ksbus
dsbus
Gsbus
Gsl
Nssbus7
Ssbus
bpmhl
Bsbus
Lsbus
Ksbus
Ssbus
Rsbus
Ksbus

Rsb
Ggd
Hal
nsb
Rgu
Wsp
Tsm
Rgu
Pvg
Bbbpu
Asm
Sls
Ssm
Vor
Rgs
Ksm
Sbs
Bbu
Gst

Rpp
Rmb
Mks
Syp
sab
Jmb
Jmb
Pls
Ptm
bbt
Gsb
Bml
Abd
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजाको कुनै दल नहुने भन्दै राप्रपा राजाको पार्टी नभएर राजसंस्था मान्नेहरुको पार्टी भएको बताएका छन् ।
पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमअन्तर्गत शनिबार तनहुँमा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा सम्वर्द्धनवादी दर्शन बोकेको पार्टी रहेको दाबी गरे । राजा र राजसंस्था कुनै पार्टीको नहुने र राजसंस्थाको पनि कुनै पार्टी नहुने भन्दै अध्यक्ष लिङ्देनले राजसंस्था कुनै पार्टी, संगठन र विचारभन्दा माथि रहेको बताए । राप्रपालाई राजाको दल भनेर प्रचार गर्ने र विवादित तुल्याउनेहरु राजसंस्थाको पक्षपाती नभएको उनको भनाइ छ ।
त्यस्तै गणतन्त्रको सरकार र यसभित्रको भूमिकामा जानुहुँदैन भनेर टिप्पणी गर्नेहरु प्रति लक्षित गर्दै अध्यक्ष लिङ्देनले सरकारका पदहरुमा नजाँदैमा पार्टी ठूलो हुने भए नेमकिपा र राष्ट्रिय जनमोर्चा जस्ता पार्टी कमजोर नभएर ठूलो हुनुपर्ने बताए । पार्टीमा चलिरहेको विवादका बारे बोल्दै लिङ्देनले चुनाव अघिसम्म सबैलाई मिलाएर लैजाने प्रयास गर्दा आफूलाई कमजोर सोचेर पार्टीका नेता कार्यकर्ताले अनुशासन विपरीत कार्य गरेकोले अनुशासनको कारबाही चलाउन सुरु गरेको बताए । राप्रपाले हालै सम्पन्न निर्वाचनको प्रदेश तहमा पुगेर समिक्षा गरिरहेको छ । सातवटै प्रदेशमा समिक्षा गर्ने क्रममा मधेश प्रदेश,कोशी प्रदेश र गण्डकी प्रदेशमा समीक्षा बैठक सम्पन्न भएको छ ।
त्यस्तै,वैशाख १४ गते लुम्बिनी प्रदेशको भैरहवामा, वैशाख १५ गते बागमती प्रदेशको काठमाडौंमा र वैशाख १७ गते सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा समीक्षा बैठक तय गरेको छ । कर्णाली प्रदेशको भने मिति तय हुन बाँकी रहेको जनाइएको छ ।अनलाइनखबर
